बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै
धुलिखेल, ११ फागुन । बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने अभियान स्वरुप बिहीबार मुख्य बजारको पुल बजारदेखि बुडोलडाँडासम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै सामग्री हटाएको छ ।
नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेको नेतृत्वमा सडक देउछाउमा राखिएका साना फलफूल व्यवसायी, कपडा व्यवसायी, चटपटे व्यवसायीदेखि ठूला निर्माण व्यवसायी र खाद्य स्टोर सञ्चालन गर्नेले राखेका सामग्री प्रहरी प्रशासन लगाएर हटाइएको हो ।
नगरप्रमुख बादेले ‘बनेपा नगरपालिकालाई स्वच्छ र सुन्दर बनाऔँ, अरनिको राजमार्ग क्षेत्र व्यवस्थित बनाऔँ’ भन्ने अभियान सञ्चालन गरी बजार क्षेत्रमा बाहिर सडकमा राख्दै आएका व्यावसायिक प्रयोजनका सबै सामग्री हटाइएको बताउनुभयो । “यसले नगरको रुपलाई कुरुप बनाउनेदेखि सडक दुर्घटनादेखि प्रदूषण हुनका साथै बजार नै अस्तव्यस्त भएकाले नगरपालिकाले यसअघि नै पटक÷पटक सार्वजनिक सूचना जारी गरी अभियान थालनी गरेका हौँ ।” बादेले भन्नुभयो ।
उहाँले अहिले पुल बजारदेखि बुडोलडाँडासम्म हटाउने र पछि बनेपा नगरपालिकाभित्रको क्षेत्र साँगादेखि २८ किलोसम्म नै सबै खाली गराउने बताउनुभयो । “हामीले आजबाट अभियान नै थालनी गरेका छौँ, यदि नहटाएमा नियमअनुसार कारबाही अगाडि बढाउने छौँ,” बादेले भन्नुभयो, “यसका लागि प्रक्रिया पुस ७ गतेदेखि नै सडक डिभिजन कार्यालयबाट, पुस १३ गते नगरपालिकाबाट, माघ १८ गते पुनः नगरपालिकाबाट नै सूचना जारी गरी पर्चा र पम्प्लेटिङसहित प्रचार गरेका छौँ ।”
यसरी सबै प्रक्रिया पूरा गर्नेदेखि राजनीतिक दल, उद्योग वाणिज्य संघ, संघ÷संस्था सबैसँग छलफल गरी अभियान थालनी गरेकाले कोही पनि व्यवसायीले थाहा भएन भनेर अटेर गर्ने ठाउँ नरहेको बताउनुभयो । “नियमअनुसार सडक मिचेर राखिएका सबै सामग्री हटाउनुपर्छ, यदी हटाएन भने हामीले उठाएर लैजाने छौँ, त्यसको भागिदार स्वयं नै हुनेछ, नगरपालिका हुँदैन ।” उहाँले भन्नुभयो ।
नेकपा ९माओवादी केन्द्र० बनेपा नगरका अध्यक्ष रामचन्द्र भट्टराईले अव्यवस्थित नगरलाई व्यवस्थित गराउनका लागि नगरपालिका र सबै राजनीतिक दलहरु बसेर निर्णय गरेर अगाडि बढेकाले कसैले पनि सडक छेउमा अटेर गरी सामान राख्ने तथा व्यापार व्यवसाय गर्न नपाउने गरी अभियान सञ्चालन गरेको बताउनुभयो । सडक प्रयोग गरी व्यापार व्यवसाय गर्दै आएका ठूला व्यापारीले भने आफूहरुले सूचना जानकारी केही नपाएको र सामान हटाउन अलि समय लाग्ने भएकाले केही दिन पर्खन नगर प्रमुखसँग आग्रह गरेका छन् ।
यसअघि नगरपालिकाले नगरको सरसफाइका लागि भनेर सडक छेउमा साना पसल राखेर व्यवसाय गर्नेसँग दैनिक सरसफाइ करसहित भनेर रु ७५ उठाउने गरेको थियो । नगरपालिकाको बजार अस्तव्यस्त हुने र सडक दुर्घटनासमेत बढेको भए पनि करमात्रै उठाएर दुर्गन्धित बनाएको बनेपा नगरपालिकाले अहिले भने सुन्दर नगरपालिका बनाउने अभियान थालनी गरेर राम्रो कामको थालनी गरेको नगर बासिन्दा बताउँछन् ।
नगरपालिकाले त्यसरी साना व्यवसायीबाट सडक छेउमा बसेर व्यवसाय गरेबापत दैनिक पैसा उठाउने गरेपनि ठूला निर्माण सामग्री, खाद्यस्टोर र अन्य कम्पनीले सडक छेउ नै ढाक्ने गरी सामान राखेर खुल्लमखुल्ला व्यापार गरे पनि केही गरेको थिएन । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












