बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै
धुलिखेल, ११ फागुन । बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने अभियान स्वरुप बिहीबार मुख्य बजारको पुल बजारदेखि बुडोलडाँडासम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै सामग्री हटाएको छ ।
नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेको नेतृत्वमा सडक देउछाउमा राखिएका साना फलफूल व्यवसायी, कपडा व्यवसायी, चटपटे व्यवसायीदेखि ठूला निर्माण व्यवसायी र खाद्य स्टोर सञ्चालन गर्नेले राखेका सामग्री प्रहरी प्रशासन लगाएर हटाइएको हो ।
नगरप्रमुख बादेले ‘बनेपा नगरपालिकालाई स्वच्छ र सुन्दर बनाऔँ, अरनिको राजमार्ग क्षेत्र व्यवस्थित बनाऔँ’ भन्ने अभियान सञ्चालन गरी बजार क्षेत्रमा बाहिर सडकमा राख्दै आएका व्यावसायिक प्रयोजनका सबै सामग्री हटाइएको बताउनुभयो । “यसले नगरको रुपलाई कुरुप बनाउनेदेखि सडक दुर्घटनादेखि प्रदूषण हुनका साथै बजार नै अस्तव्यस्त भएकाले नगरपालिकाले यसअघि नै पटक÷पटक सार्वजनिक सूचना जारी गरी अभियान थालनी गरेका हौँ ।” बादेले भन्नुभयो ।
उहाँले अहिले पुल बजारदेखि बुडोलडाँडासम्म हटाउने र पछि बनेपा नगरपालिकाभित्रको क्षेत्र साँगादेखि २८ किलोसम्म नै सबै खाली गराउने बताउनुभयो । “हामीले आजबाट अभियान नै थालनी गरेका छौँ, यदि नहटाएमा नियमअनुसार कारबाही अगाडि बढाउने छौँ,” बादेले भन्नुभयो, “यसका लागि प्रक्रिया पुस ७ गतेदेखि नै सडक डिभिजन कार्यालयबाट, पुस १३ गते नगरपालिकाबाट, माघ १८ गते पुनः नगरपालिकाबाट नै सूचना जारी गरी पर्चा र पम्प्लेटिङसहित प्रचार गरेका छौँ ।”
यसरी सबै प्रक्रिया पूरा गर्नेदेखि राजनीतिक दल, उद्योग वाणिज्य संघ, संघ÷संस्था सबैसँग छलफल गरी अभियान थालनी गरेकाले कोही पनि व्यवसायीले थाहा भएन भनेर अटेर गर्ने ठाउँ नरहेको बताउनुभयो । “नियमअनुसार सडक मिचेर राखिएका सबै सामग्री हटाउनुपर्छ, यदी हटाएन भने हामीले उठाएर लैजाने छौँ, त्यसको भागिदार स्वयं नै हुनेछ, नगरपालिका हुँदैन ।” उहाँले भन्नुभयो ।
नेकपा ९माओवादी केन्द्र० बनेपा नगरका अध्यक्ष रामचन्द्र भट्टराईले अव्यवस्थित नगरलाई व्यवस्थित गराउनका लागि नगरपालिका र सबै राजनीतिक दलहरु बसेर निर्णय गरेर अगाडि बढेकाले कसैले पनि सडक छेउमा अटेर गरी सामान राख्ने तथा व्यापार व्यवसाय गर्न नपाउने गरी अभियान सञ्चालन गरेको बताउनुभयो । सडक प्रयोग गरी व्यापार व्यवसाय गर्दै आएका ठूला व्यापारीले भने आफूहरुले सूचना जानकारी केही नपाएको र सामान हटाउन अलि समय लाग्ने भएकाले केही दिन पर्खन नगर प्रमुखसँग आग्रह गरेका छन् ।
यसअघि नगरपालिकाले नगरको सरसफाइका लागि भनेर सडक छेउमा साना पसल राखेर व्यवसाय गर्नेसँग दैनिक सरसफाइ करसहित भनेर रु ७५ उठाउने गरेको थियो । नगरपालिकाको बजार अस्तव्यस्त हुने र सडक दुर्घटनासमेत बढेको भए पनि करमात्रै उठाएर दुर्गन्धित बनाएको बनेपा नगरपालिकाले अहिले भने सुन्दर नगरपालिका बनाउने अभियान थालनी गरेर राम्रो कामको थालनी गरेको नगर बासिन्दा बताउँछन् ।
नगरपालिकाले त्यसरी साना व्यवसायीबाट सडक छेउमा बसेर व्यवसाय गरेबापत दैनिक पैसा उठाउने गरेपनि ठूला निर्माण सामग्री, खाद्यस्टोर र अन्य कम्पनीले सडक छेउ नै ढाक्ने गरी सामान राखेर खुल्लमखुल्ला व्यापार गरे पनि केही गरेको थिएन । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












