दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चुनौती थपिँदै
वीरगञ्ज १२ फागुन । टाँगिया बस्ती व्यवस्थापन हुन नसक्दा राष्ट्रिय गौरबको परियोजनाका रुपमा रहेका दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा चुनौती थपिँदै गएको छ । प्रदेश नं २ अन्तर्गत बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पर्ने टाँगियाबस्ती सबैभन्दा ठूलो बस्ती हो ।
सरकारले उक्त बस्तीलाई अन्यत्र व्यवस्थापान गर्न ढिलाइ गर्दा विमानस्थल निर्माणमा चुनौती थपिँदै गएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय जीतपुर सिमराले जनाएको छ । करिब ६५० बिगाहा क्षेत्रफलमा फैलिएको टाँगिया बस्तीमा आठ हजार भन्दा बढी जनसंख्या छ । विस २०३१ तिर सिन्धुली, रामेछाप, काभ्रेलगायतका पहाडी जिल्लाबाट तामागढी क्षेत्रको वन जंगल फँडानीपछि रोपिएका बिरुवा गोडमेल तथा बाली लगाउनका लागि सुकुम्वासीलाई ल्याएर बस्ती बसाएको गाउँ हो– टाँगियाबस्ती
विस्तारै यो बस्तीले घनारुप लिएपछि अहिले सोही बस्तीको मध्य भागमा पर्नेभयो– दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग । विमानस्थल क्षेत्रभित्र पर्ने टाँगिया बस्तीको सरकारले उचित व्यवस्थापन गरे मात्र विमानस्थलको निर्माणको काम अघि बढ्ने आयोजना प्रबन्धक रामहरि महर्जनले बताउनुभयो । यो बस्तीमा रहेको एक हजार ४७६ घरधुरी सुकुम्वासी परिवारले सरकारले हामीलाई उचित पुनःवास र मुआब्जा माग गर्दैआएको छ । वर्षांैदेखि विकासको पूर्वाधारबाट वञ्चित रहेको टाँगियावासी मुआब्जाबापत आयोजनास्थलको तीन किलोमिटरभित्र भौतिक पूर्वाधारसहित प्रतिपरिवार दुई बिगाहा पाँच कठ्ठाका दरले जग्गा पाउनुपर्ने, घरसार्ने खर्च तथा डेढ वर्षसम्म रासन, पानी, भरनपोषन र एक घर एक रोजगारीलगायत सात बँुदे मागअघि सार्दै आएको छ ।
‘हामी त जीवनभर सुकुम्वासी भएर बाच्यौं’ तर हाम्रो भावी सन्तती सुकुम्वासी भएर बाच्नु नपरोस् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ – आफ्नो पीडा पोख्दै टांँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले भन्नुभयो– “सरकारले हाम्रो उचित व्यवस्थापन गरे मात्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्ने छ ।”
विमानस्थल निर्माणको प्रारम्भिकचरणमा साविक कडैया गाउँविकास समिति–८ र ककडी–१ मा नम्बरी आबादी जग्गाको मुआब्जा वितरण प्रक्रिया शुरु भए पनि टांँगियाबस्तीको पुनर्वास र मुआब्जाबारे हालसम्म केही हुननसकेको आयोजनाका वरिष्ठ अधिकृत विजय यादवको भनाइ छ ।
विमानस्थल निर्माणको क्षेत्रमा चार किल्ला छु्याउने काम सम्पन्न भए पनि कोल्हबी नगरपालिका काटगाउँका बासिन्दा मुआब्जाका लागि आयोजनाको कार्यालयमा निवेदन दिने क्रम बढदै गएको छ । नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्ग निमार्णको क्रममा हालसम्म रु १२ करोड खर्च भइसकेको छ । पसहा खोला किनारमा रु सात करोड ५० लाख ५० हजारको लागतमा ७५० मिटर तटबन्ध निर्माणको काम अन्तिमचरणमा पुगेको जनाएको छ ।
विमानस्थल निर्माण गर्न नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा रु एक अर्ब ५० करोड विनियोजन गरिसकेको छ । टाँगियाबस्ती जंगल फँडानी गरेर बसेको सुकुम्वासी बस्ती भएकाले हालसम्म सो बस्ती बारे सरकारीस्तरमा कुनै निर्णय हुनसकेको छैन– आयोजनाका अधिकारी भन्छन्– “टाँगिया बस्तीलाई के गर्ने, के न गर्नेबारे सरकारीस्तरमै टुंगो लगाउनु पर्ने हुन्छ ।”
आयोजनाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका कार्य अगाडि बढाए पनि टाँंगिया बस्ती व्यवस्थापनबारे हालसम्म सरकारले कुनै निर्णय गर्न नसक्दा चुनौती थपिएको हो । यसप्रति सरकार गम्भीर हुनुपर्ने माग सम्बन्धित निकायको छ ।रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












