दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चुनौती थपिँदै
वीरगञ्ज १२ फागुन । टाँगिया बस्ती व्यवस्थापन हुन नसक्दा राष्ट्रिय गौरबको परियोजनाका रुपमा रहेका दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा चुनौती थपिँदै गएको छ । प्रदेश नं २ अन्तर्गत बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पर्ने टाँगियाबस्ती सबैभन्दा ठूलो बस्ती हो ।
सरकारले उक्त बस्तीलाई अन्यत्र व्यवस्थापान गर्न ढिलाइ गर्दा विमानस्थल निर्माणमा चुनौती थपिँदै गएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय जीतपुर सिमराले जनाएको छ । करिब ६५० बिगाहा क्षेत्रफलमा फैलिएको टाँगिया बस्तीमा आठ हजार भन्दा बढी जनसंख्या छ । विस २०३१ तिर सिन्धुली, रामेछाप, काभ्रेलगायतका पहाडी जिल्लाबाट तामागढी क्षेत्रको वन जंगल फँडानीपछि रोपिएका बिरुवा गोडमेल तथा बाली लगाउनका लागि सुकुम्वासीलाई ल्याएर बस्ती बसाएको गाउँ हो– टाँगियाबस्ती
विस्तारै यो बस्तीले घनारुप लिएपछि अहिले सोही बस्तीको मध्य भागमा पर्नेभयो– दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग । विमानस्थल क्षेत्रभित्र पर्ने टाँगिया बस्तीको सरकारले उचित व्यवस्थापन गरे मात्र विमानस्थलको निर्माणको काम अघि बढ्ने आयोजना प्रबन्धक रामहरि महर्जनले बताउनुभयो । यो बस्तीमा रहेको एक हजार ४७६ घरधुरी सुकुम्वासी परिवारले सरकारले हामीलाई उचित पुनःवास र मुआब्जा माग गर्दैआएको छ । वर्षांैदेखि विकासको पूर्वाधारबाट वञ्चित रहेको टाँगियावासी मुआब्जाबापत आयोजनास्थलको तीन किलोमिटरभित्र भौतिक पूर्वाधारसहित प्रतिपरिवार दुई बिगाहा पाँच कठ्ठाका दरले जग्गा पाउनुपर्ने, घरसार्ने खर्च तथा डेढ वर्षसम्म रासन, पानी, भरनपोषन र एक घर एक रोजगारीलगायत सात बँुदे मागअघि सार्दै आएको छ ।
‘हामी त जीवनभर सुकुम्वासी भएर बाच्यौं’ तर हाम्रो भावी सन्तती सुकुम्वासी भएर बाच्नु नपरोस् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ – आफ्नो पीडा पोख्दै टांँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले भन्नुभयो– “सरकारले हाम्रो उचित व्यवस्थापन गरे मात्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्ने छ ।”
विमानस्थल निर्माणको प्रारम्भिकचरणमा साविक कडैया गाउँविकास समिति–८ र ककडी–१ मा नम्बरी आबादी जग्गाको मुआब्जा वितरण प्रक्रिया शुरु भए पनि टांँगियाबस्तीको पुनर्वास र मुआब्जाबारे हालसम्म केही हुननसकेको आयोजनाका वरिष्ठ अधिकृत विजय यादवको भनाइ छ ।
विमानस्थल निर्माणको क्षेत्रमा चार किल्ला छु्याउने काम सम्पन्न भए पनि कोल्हबी नगरपालिका काटगाउँका बासिन्दा मुआब्जाका लागि आयोजनाको कार्यालयमा निवेदन दिने क्रम बढदै गएको छ । नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्ग निमार्णको क्रममा हालसम्म रु १२ करोड खर्च भइसकेको छ । पसहा खोला किनारमा रु सात करोड ५० लाख ५० हजारको लागतमा ७५० मिटर तटबन्ध निर्माणको काम अन्तिमचरणमा पुगेको जनाएको छ ।
विमानस्थल निर्माण गर्न नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा रु एक अर्ब ५० करोड विनियोजन गरिसकेको छ । टाँगियाबस्ती जंगल फँडानी गरेर बसेको सुकुम्वासी बस्ती भएकाले हालसम्म सो बस्ती बारे सरकारीस्तरमा कुनै निर्णय हुनसकेको छैन– आयोजनाका अधिकारी भन्छन्– “टाँगिया बस्तीलाई के गर्ने, के न गर्नेबारे सरकारीस्तरमै टुंगो लगाउनु पर्ने हुन्छ ।”
आयोजनाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका कार्य अगाडि बढाए पनि टाँंगिया बस्ती व्यवस्थापनबारे हालसम्म सरकारले कुनै निर्णय गर्न नसक्दा चुनौती थपिएको हो । यसप्रति सरकार गम्भीर हुनुपर्ने माग सम्बन्धित निकायको छ ।रासस
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











