आदिवासी जनजाति तीन महिला पत्रकार पुरस्कृत
काठमाण्डौ, १२ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाण्डौ जिल्ला शाखाले सूचनाको हक र महिला पत्रकारको सुनिश्चिता नाराका साथ तीन आदिवासी जनजाति महिला पत्रकारलाई पुरस्कृत गरेको छ ।
आज अनामनगर स्थित तमू बौद्व सेवा समितिको हलमा १०८ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा दैनिक पत्रिकाका लोगसरी कुवँर, प्रविना गोले (असक्त पत्रकार),र अनिता महर्जन (असक्त पत्रकार) रहेका छन् । सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्ूचना आयोगका आयुक्त यशोदा तिमल्सिनाज्यू बाट प्रदान गरिएको थियो । पुरस्कारको राशी जनही ५ हजारका साथ प्रमाणपत्र रहेको छ । काठमाण्डौ फोनिज शाखाका अध्यक्ष मिरा अमात्यले पुरस्कृतहरुलाई बधाई दिदै आगामी दिनहरुमा पनि महिला पत्रकारहरुले समाजमा रहेका सूचनाहरु विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण गरी महिलाहरुको सूचनाको हक अधिकार प्राप्त गर्ने क्षमता बढाउनु पर्नेमा जोड दिनु भयो । त्यस्तै गरी प्रमुख अतिथि तिमल्सिनाले पत्रकारहरुलाई शुभकामना दिदै उहाँको पहुज रहे सम्म विभिन्न संरचानागत र नीतिगत रुपले नेपाली पत्रकारिता पेशालाई समावेशिता ढंगले लैजाने र सबैलाई सूचनाको हक अधिकार प्रदान गर्ने प्रतिबद्वा जनाउनु भएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












