अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे
रोल्पा, १५ फागुन । रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ ।
ग्रामीण सडकका रुपमा रहेका जिल्लाका भित्री सडक साँघुरा र अव्यवस्थित हुँदा दुर्घटना बढिरहेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७२÷०७३ मा भएका २० वटा सवारी दुर्घटनामा सातजनाको मृत्यु, १२ जना घाइते र २२ जना समान्य घाइते भएका थिए ।
यसैगरी, आव ०७३÷७४ मा भएका ३६ वटा सवारी दुर्घटनामा पाँचको मृत्यु, २७ जना घाइते र २७ जना सामान्य घाइते भएका थिए । चालू आवको फागुन १५ गतेसम्म भएका आठवटा सवारी दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना घाइते र १० जना सामान्य घाइते भएका थिए ।
भित्री सडकमा ट्र्याक्टर दुर्घटनाको संख्या बढिरहेको देखिएको छ । ट्र्याक्टर दुर्घटनामा केही दिन अगाडि रोल्पाको ह्वामाका एक स्कूले विद्यार्थीको मृत्यु भएको थियो । बिहेको जन्ती बोकेको सो ट्र्याक्टर दुर्घटना हँुदा स्कूले बालकको मृत्यु हुनुका साथै जन्तीसमेत घाइते भएका थिए । यसैगरी, पूर्वी रोल्पाको सिर्पमा गत हप्ता भएको ट्र्याक्टर दुर्घटनामा समेत दुईजनाको ज्यान गएको थियो ।
विद्यालय कक्षा सञ्चालन, चालकसँग एक मिनेट कार्यक्रम, चालकको व्यवहारबारे यात्रुसँग छलफलजस्ता कार्यक्रम सञ्चालन गरी दूर्घटना न्यूनीकरणको प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रहरी जवान दिवाकर ओलीले जानकारी दिनुभयो ।
जिल्लाका कालोपत्रे भएका मुख्य सडकमा दुर्घटनाको दर निकै कम रहेपनि भित्री र कच्ची सडकमा बढी मात्रामा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले बताएको छ । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













