अस्तव्यस्त बन्दै बिर्तामोड
सुरुङ्गा, झापा, १५ फागुन । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ ।
बसाइँ सराइको दर उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र भएकाले अस्तव्यस्त बनेको हो । यहाँको सडकलाई फराकिलो बनाउन केही समयअघि नगरपालिका र सडक डिभिजन कार्यालयले बिर्तामोड–भद्रपुर सडकखण्डका भौतिक संरचना हटाएका थिए । त्यस्तै पूर्व–पश्चिम राजमार्गको अतिक्रमित संरचना हटाउनाका साथै सडक किनारका रुख ढालेपछि अहिले बिर्तामोडलाई धुलोले छोपेको छ ।
सवारी साधनको चाप बढेसँगै त्यसलाई व्यवस्थापन गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत अन्धुवा खोलाको दायाँ–बायाँ पक्की पुल निर्माण शुरु गरिए पनि ठेकेदारले बीचैमा काम छाड्दा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै आएका जनप्रतिनिधिले विकास निर्माणलाई प्राथमिकता दिने आश देखाएपनि अहिलो सबै काम अलपत्र हुँदा जनता निराश बन्दै गएका छन् । उनीहरुले जनप्रतिनिधिले विकासको कामलाई अगाडि नबढाउँदा बिर्तामोडमा धुलोजन्य रोगको जोखिम बढेको, दुर्घटनाको जोखिम उच्च भएको तथा वर्षायाममा बिर्तामोड डुब्ने सम्भावना प्रबल रहेको भन्दै यसको जिम्मेवारी जनप्रतिनिधिले लिनुपर्नेमा जोड दिएका छन् ।
बिर्तामोड नगरपालिका–१का ईश्वर खनालले धुलोका कारण आँखाका बिरामी बढ्दै गएको गुनासो गर्दै हावा चल्ने समय भएकाले पैदलयात्रीलाई समेत धुलोका कारण हिँडडुल गर्न समस्या भएको बताउनुभयो । सडक विस्तार हुने भयो भनेर उत्साहित स्थानीय बासिन्दाले अहिले जनप्रतिनिधिप्रति आक्रोशत व्यक्त गर्न थालेका छन् ।
सडकको भूभाग ८२ फिट ‘क्लियर’ गर्ने भन्दै नगरपालिकाले खाली गरेको फुटपाथमा पुनः व्यवसाय सञ्चालन हुन थालेपछि पैदलयात्रीलाई समस्या भएको स्थानीय राजकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकका किनारमा व्यापारी, सडकमा सवारीको जाम, पैदलयात्रीले कहाँबाट हिँड्नु ?”
यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले पुल निर्माणको जिम्मा लिएको ठेकेदारले ढाँटेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माणको जिम्मा लिएर बीचैमा काम छाड्दा दुर्घटनाको जोखिम बढेको छ ।”
यसैबीच बिर्तामोड–भद्रपुर सडकखण्ड ठेक्का लगाउने प्रक्रिया शुरु भएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो । भौतिक संरचना नहटाएसम्म सडक ठेक्का नलिने भएपछि ठेक्का लाग्नुअघि नै संरचना हटाउनुपर्ने बाध्यताका कारण अहिले धुलो उडेको उहाँको भनाइ थियो । ठेक्का प्रक्रिया शुरु भएपछि बाटो विस्तारका साथै कालोपत्र गर्ने काम शुरु हुने भन्दै केही समय धैर्य गरिदिन उहाँले बिर्तामोडवासीलाई आग्रह गर्नुभयो ।
वर्षायाम शुरु हुनुअगावै काम शुरुका लागि ठेक्का लगाउने उद्देश्यले काम भइरहेको छ नगर प्रमुख शिवाकोटीले भन्नुभयो । बिर्तामोडमा भएका भौतिक संरचना तथा निर्माणाधीन संरचनाको अनुगमन गर्ने भन्दै अन्धुवा खोलामा निर्माण शुरु गरिएको पुलको काम तत्काल थाल्न ठेकेदारलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
व्यापारिक दृष्टिकोणले अत्यन्त व्यस्त शहरका रुपमा रहेको बिर्तामोडमा सार्वजनिक शौचालयसमेत नहुँदा सर्वसाधारणलाई शौच गर्नसमेत समस्या पर्ने गरेको छ । नगरपालिकाले बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नेतर्फ ध्यान नदिएको आरोप स्थानीय वासीले लगाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले नगरपालिकालाई हस्तान्तरण गरेको घुम्ती शौचालयलाई व्यवस्थित गर्नेमा समेत नगरपालिकाले चासो नदिएको उनीहरूको भनाइ छ ।
तीन दिनभित्र अन्धुवा खोलामा निर्माण शुरु गरिएको पुलको काम थाल्ने बताएका ठेकेदारले पुनः मंगलबारसम्मको भाका अघि सारेका छन् ।
ठेकेदार गणेश भट्टराईले सोमबारभित्र दिल्लीबाट सामान लिएर काँकडभिट्टा आउने र मंगलबारबाट काम शुरु गर्ने बताउनुभएको थियो । पुल निर्माणको विषयमा गम्भीर नदेखिएका ठेकेदारले सडक किनारमा राखिएको माटोलगायतका संरचनाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । (रासस)
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...













