अस्तव्यस्त बन्दै बिर्तामोड
सुरुङ्गा, झापा, १५ फागुन । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ ।
बसाइँ सराइको दर उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र भएकाले अस्तव्यस्त बनेको हो । यहाँको सडकलाई फराकिलो बनाउन केही समयअघि नगरपालिका र सडक डिभिजन कार्यालयले बिर्तामोड–भद्रपुर सडकखण्डका भौतिक संरचना हटाएका थिए । त्यस्तै पूर्व–पश्चिम राजमार्गको अतिक्रमित संरचना हटाउनाका साथै सडक किनारका रुख ढालेपछि अहिले बिर्तामोडलाई धुलोले छोपेको छ ।
सवारी साधनको चाप बढेसँगै त्यसलाई व्यवस्थापन गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत अन्धुवा खोलाको दायाँ–बायाँ पक्की पुल निर्माण शुरु गरिए पनि ठेकेदारले बीचैमा काम छाड्दा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै आएका जनप्रतिनिधिले विकास निर्माणलाई प्राथमिकता दिने आश देखाएपनि अहिलो सबै काम अलपत्र हुँदा जनता निराश बन्दै गएका छन् । उनीहरुले जनप्रतिनिधिले विकासको कामलाई अगाडि नबढाउँदा बिर्तामोडमा धुलोजन्य रोगको जोखिम बढेको, दुर्घटनाको जोखिम उच्च भएको तथा वर्षायाममा बिर्तामोड डुब्ने सम्भावना प्रबल रहेको भन्दै यसको जिम्मेवारी जनप्रतिनिधिले लिनुपर्नेमा जोड दिएका छन् ।
बिर्तामोड नगरपालिका–१का ईश्वर खनालले धुलोका कारण आँखाका बिरामी बढ्दै गएको गुनासो गर्दै हावा चल्ने समय भएकाले पैदलयात्रीलाई समेत धुलोका कारण हिँडडुल गर्न समस्या भएको बताउनुभयो । सडक विस्तार हुने भयो भनेर उत्साहित स्थानीय बासिन्दाले अहिले जनप्रतिनिधिप्रति आक्रोशत व्यक्त गर्न थालेका छन् ।
सडकको भूभाग ८२ फिट ‘क्लियर’ गर्ने भन्दै नगरपालिकाले खाली गरेको फुटपाथमा पुनः व्यवसाय सञ्चालन हुन थालेपछि पैदलयात्रीलाई समस्या भएको स्थानीय राजकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकका किनारमा व्यापारी, सडकमा सवारीको जाम, पैदलयात्रीले कहाँबाट हिँड्नु ?”
यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले पुल निर्माणको जिम्मा लिएको ठेकेदारले ढाँटेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माणको जिम्मा लिएर बीचैमा काम छाड्दा दुर्घटनाको जोखिम बढेको छ ।”
यसैबीच बिर्तामोड–भद्रपुर सडकखण्ड ठेक्का लगाउने प्रक्रिया शुरु भएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो । भौतिक संरचना नहटाएसम्म सडक ठेक्का नलिने भएपछि ठेक्का लाग्नुअघि नै संरचना हटाउनुपर्ने बाध्यताका कारण अहिले धुलो उडेको उहाँको भनाइ थियो । ठेक्का प्रक्रिया शुरु भएपछि बाटो विस्तारका साथै कालोपत्र गर्ने काम शुरु हुने भन्दै केही समय धैर्य गरिदिन उहाँले बिर्तामोडवासीलाई आग्रह गर्नुभयो ।
वर्षायाम शुरु हुनुअगावै काम शुरुका लागि ठेक्का लगाउने उद्देश्यले काम भइरहेको छ नगर प्रमुख शिवाकोटीले भन्नुभयो । बिर्तामोडमा भएका भौतिक संरचना तथा निर्माणाधीन संरचनाको अनुगमन गर्ने भन्दै अन्धुवा खोलामा निर्माण शुरु गरिएको पुलको काम तत्काल थाल्न ठेकेदारलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
व्यापारिक दृष्टिकोणले अत्यन्त व्यस्त शहरका रुपमा रहेको बिर्तामोडमा सार्वजनिक शौचालयसमेत नहुँदा सर्वसाधारणलाई शौच गर्नसमेत समस्या पर्ने गरेको छ । नगरपालिकाले बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नेतर्फ ध्यान नदिएको आरोप स्थानीय वासीले लगाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले नगरपालिकालाई हस्तान्तरण गरेको घुम्ती शौचालयलाई व्यवस्थित गर्नेमा समेत नगरपालिकाले चासो नदिएको उनीहरूको भनाइ छ ।
तीन दिनभित्र अन्धुवा खोलामा निर्माण शुरु गरिएको पुलको काम थाल्ने बताएका ठेकेदारले पुनः मंगलबारसम्मको भाका अघि सारेका छन् ।
ठेकेदार गणेश भट्टराईले सोमबारभित्र दिल्लीबाट सामान लिएर काँकडभिट्टा आउने र मंगलबारबाट काम शुरु गर्ने बताउनुभएको थियो । पुल निर्माणको विषयमा गम्भीर नदेखिएका ठेकेदारले सडक किनारमा राखिएको माटोलगायतका संरचनाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । (रासस)
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...













