शरीरमा आगो सल्केर मृत्यु
मंगलबारे, इलाम, १६ फागुन । आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा इलाममा एक महिलाको मृत्यु भएको छ ।
मंगलबार शरीरमा आगो सल्किएकी माईजोगमाई–५ की ५५ वर्षीय निरकुमारी राईलाई उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
उनी आगो ताप्ने क्रममा चुलोमा लड्दा शरीरमा आगो लागी घाइते भएको बताइएको छ । धरानको घोपातर्फ लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको बताइएको छ । अहिले उनको शव घर फर्काइएको छ । अरिङ्गालको गोला झार्दा लडेर मृत्यु
यसैबीच, अरिङ्गालको गोला झार्ने क्रममा लडेर एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । इलाम माईजोगमाई गाउँपालिका–४ बस्ने दिलमाया राईको गएराति रूखबाट लडेर मृत्यु भएको हो ।
अरिङ्गालको गोला झार्नका लागि खिर्राको रूखमा चढेकी राई अरिङ्गालले टोकी सोही रूखबाट झर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । ३० वर्र्षीय दिलमाया राईसँगै निजको छोरा र अन्य छिमेकीसहित चारजना अरिङ्गालको गोला झार्न जंगलमा गएको बताइएको छ । प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । (रासस)
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












