पत्रकारको न्यूनतम् पारिश्रमिक वृद्धिको तयारी
नुवाकोट, १६ फागुन, । पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न तयारी थालिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक’ आज विदुरमा आयोजित अन्तक्र्रियामा समितिका अध्यक्ष गंगाधर पराजुलीले हाल कायम रहेको न्यूनतम् पारिश्रमिक कम भएको र सुझाव संकलनको क्रममा पत्रकारबाट बढाउन माग उठेकाले परिमार्जनसहित वृद्धि गर्न लागिएको जानकारी दिनुभयो ।
“अहिले कायम रहेको पारिश्रमिक २०७२ सालमा गठित समितिले दिएको सुझावको आधारमा २०७३ साउन १ गतेदेखि लागू भएको छ” अध्यक्ष पराजुलीले भन्नुभयो,– “पछिल्लो दुई वर्षमा नेपाल सरकारका कर्मचारीको तलब २५ प्रतिशतसम्म वृद्धि भइसकेकाले पत्रकारको सुविधा पनि पुनरावलोकन तथा वृद्धिको बाध्यात्मक अवस्था छ, त्यो छिट्टै गर्न लागिएको छ ।”
श्रमजीवी पत्रकार ऐनअनुसार अहिले राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारको पारिश्रमिक रु १९ हजार ५०० र अन्य सञ्चार माध्यममा रु १४ हजार १०० कार्यान्वयनमा छ । समितिले सञ्चार माध्यममा आवद्ध पत्रकार र कर्मचारीको पारिश्रमिक निर्धारणका लागि स्थलगत र विज्ञ समूहमार्फत सुझाव संकलन गरी प्रतिवेदनमार्फत सरकारलाई ऐन कार्यान्वयन गराउन सुझाव दिन लागिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले बताउनुभयो ।
पत्रकारको सेवा र सुविधा बढाउन महासंघका केन्द्रीय पदाधिकारीलाई मिडिया सञ्चालक बन्न रोक लगाएका छौँ” उहाँले भन्नुभयो, “यो व्यवस्था जिल्लासम्म पु¥याउन लागेकाले स्वच्छ श्रमजीवीको थलो महासंघ भएमा न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सहजता आउनेछ ।”
अन्तक्र्रियामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, प्रेस युनियनका पूर्व केन्द्रीय शिव देवकोटा, प्रेस चौतारीका जिल्ला अध्यक्ष भोलाराज पौडेल, त्रिशूली प्रवाहका प्रकाशक शरणउत्सुक सापकोटाले सञ्चार माध्यमलाई पत्रकारको खाँचो र पत्रकारले रोजगार पाउन नसक्नुबीचको खाडल अन्य गर्न न्यूनतम पारिश्रमिक कार्यान्वयले सहयोग पुग्ने बताए । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













