तेह्र दिनको काजक्रिया पाँच दिनमा सिध्याउने क्रम बढ्दै
काठमाडौँ, १६ फागुन (रासस) परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार पाँच दिनमा सिध्याउने क्रम बढ्न थालेको छ ।
फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १५ गते मंगलबार पाँच दिनमै काजक्रिया सक्नुभयो ।
ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्की समाजको सचिवसमेत रहनुभएका उहाँ ८८ वर्षीय पिता पनि पाँच दिनमै क्रिया सक्न सहमत हुनुभएकाले सजिलो भएको बताउनुहुन्छ । पाँच दिनमा काम सक्न तीनै जना दाजुभाइसमेत राजी हुनुभएको थियो ।
“मानिसको आयु बढेर क्रिया बस्नेको उमेर पनि धेरै हुने गरेको छ, बढी उमेरका मानिसलाई विभिन्न रोगले समात्छ, यसैले धर्मको मर्म नमासिने गरी संस्कारलाई सुधार गर्दै लैजानुपर्छ”– रासससँग कुरा गर्दै अध्यक्ष कार्कीले भन्नुभयो ।
उहाँ सचिव रहनुभएको कार्की समाजले सदस्यका बीच एक वर्ष छलफल गराई संस्थागत रुपमा पाँच दिनमा मृत्यु संस्कार सक्ने निर्णय गरेको छ । कोही बन्धुले १३ दिन नै लगाएर गर्न चाहेमा गर्न सक्ने गरी व्यवस्था गरेको कार्कीले सुनाउनुभयो । एक वर्षसम्म सेतो पहिरन पनि स्वेच्छिक गर्ने कार्की समाजको निर्णय छ ।
पाँच दिनमा क्रिया सक्ने पुरोहित लेखनाथ दाहाल पनि सहमत भई १३ दिनका सबै कर्म पाँच दिनमा सकिएको हो । पुरोहित दाहाल यसअघि आफूले पूर्वमन्त्री तेजबहादुर थापाको काजक्रिया पनि पाँच दिनमै सकेको बताउनुहुन्छ ।
“मैले १४ वर्षदेखि पुरोहितको काम गर्दै आएको हुँ, आजसम्म धेरैको काजक्रिया १३ दिनमै गरेँ, पाँच दिनमा छ जनाको क्रिया कर्म सकेँ, मैले ११ हुँदा १२ महिना लगाएर क्रिया गरेको पनि देखेको थिएँ, समयसँगै मृत्युसंस्कार पनि परिवर्तन हुनुपर्छ”– उहाँले भन्नुभयो ।
यसअघि गोरखाका देवकोटा समाजले पनि मृत्युसंस्कार पाँच दिनमा सक्ने संस्थागत निर्णय गरिसकेको छ । देवकोटा समाजले निर्णय गरेपछि पूर्वमन्त्री राजेश्वर देवकोटाको मृत्युसंस्कार पनि पाँच दिनमा सकिएको थियो ।
विसं २०७२ मा संस्कार सुधार समाज स्थापना भई पाँच दिनमा काजक्रिया सक्ने अन्त्य पद्धतिसमेत प्रकाशन भएको छ । समाजका अध्यक्ष शंकरप्रसाद पोखरेल १३ दिनमा गरिने कर्म केही पनि नघटाई पाँच दिनमा काजक्रिया सक्ने गरी शास्त्रसम्मत रुपमा पुस्तक प्रकाशन गरिएको दाबी गर्नुहुन्छ ।
पाँच दिनमा काजक्रिया सक्ने पद्धति शास्त्रसम्मत नभएको भन्ने धर्मशास्त्रविद्को संख्या पनि धेरै छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्व प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम पाँच दिनमा काजक्रिया सक्ने र तीन महिनामा बच्चा जन्माऔँ भन्ने विषय उस्तै भएको बताउनुहुन्छ ।
“पाँच दिने÷तीन दिने क्रिया कर्म पद्धति शास्त्रविरुद्ध छ, मन नलाग्नेले नगरे पनि पहिले जस्तो राजदण्ड दिने, कारबाही गर्ने व्यवस्था छैन, पाँच दिने÷तीन दिने पद्धतिको अशास्त्रीय विषय ल्याउनु जरुरी छैन, ‘श्रद्धया यत् दियते तत् श्राद्धम्’ अर्थात् श्रद्धाले जे दिइन्छ, त्यही श्राद्ध हो, आत्मा शान्तिको लागि विधिवत् १३ दिनको काजक्रिया हुनुपर्छ”– उहाँले भन्नुभयो ।
काजक्रियामा दिनको विवाद आत्मवादी र अनात्मवादीबीचको बहस भएको गौतमको भनाइ छ । दाहसंस्कार शरीरको शान्तिका लागि र काजक्रिया आत्मा शान्तिका लागि गरिने शास्त्रीय वचन रहेको छ ।
संस्कार सुधार एकैपटक गर्न नसकिने संस्कृतिविद्को भनाइ छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विभागकी पूर्व प्रमुख प्रा डा वीणा पौडेल पाँच दिनमा मृत्यु संस्कार सक्ने विधि समाजले मान्न समय लाग्ने बताउनुहुन्छ ।
“मेरा पिता पत्रकार रामराज पौडेलले आफ्नो क्रिया गर्नुपर्दैन भनी लिखित रुपमै दिनुभएको थियो, तर मेरा दाजुभाइले यसलाई पचाउन सक्नुभएन, समाजले पनि पचाउने अवस्था थिएन, यसैले संस्कार परिवर्तन गर्न समय लाग्छ, आजको भोलि सम्भव छैन”– उहाँले भन्नुभयो ।
पाँच दिनमा क्रियाकर्म सक्ने पद्धति प्रकाशन भएको दुई वर्षपछि नेपाल प्रज्ञा प्रतिष्ठानले तीन दिनमै सिध्याउने गरी छलफल शुरु गरेको छ । एक वर्ष अघि प्रतिष्ठान र राष्ट्रिय जनसांस्कृतिक प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको गोष्ठीमा कार्यपत्रसमेत प्रस्तुत भएको सदस्य सचिव जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । (रासस)
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












