मोदीखोलामा सातवटा जलविद्युत् आयोजना
फलेवास, पर्वत, १७ फागुन । मोदी खोलामा सातवटा जलविद्युत् आयोजना बन्ने भएका छन् ।
हालसम्म मोदीमा दुईवटा आयोजना निर्माण भई सञ्चालनमा छन् भने दुईवटा निर्माणाधीन छन् । अन्य तीनवटा आयोजना निर्माणको प्रक्रियामा छन् । पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएसँगै मोदीखोलामा जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको हो ।
सन् २००० देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण शुरु गरेको १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाले २०५७ देखि उत्पादन शुरु गरेको थियो । त्यसैगरी २०६९ मा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अहिले मनाङ ट्रेड लिंकको २० मेगावाटको तल्लो मोदी र चौधरी ग्रुपको १५ दशमलव १ मेगावाटको मध्यमोदी आयोजना निर्माणाधीन अवस्थामा छ । तल्लो मोदीको ९५ प्रतिशतभन्दा बढी काम तथा मध्यमोदीको करिब आधा काम सकिएको आयोजनाले जनाएको छ ।
तल्लो मोदीको निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो । मोदीखोलामा पछिल्लो समय विद्युत् प्राधिकरणले दुईवटा तथा युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले एउटा आयोजना निर्माण गर्दैछ । प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८ दशमलव २ मेगावाटको अपर मोदी निर्माण गर्ने प्रक्रिया थालेको छ । युनाइटेड मोदीले १० दशमलव पाँच मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न सर्वसाधारणबाट लगानी जुटाएको थियो ।
प्राधिकरणले अपर मोदी ‘ए’ र अपर मोदी निर्माणको काम अघि बढाएको छ । आयोजना प्रमुख सञ्जीवमान राजभण्डारी १० महिनाभित्र डिपीआर तयार हुने बताउनुहुन्छ । सातवटा आयोजनाबाट १३० मेगावाट विद्युत् उत्पादन हुने छ । हाल सञ्चालनमा रहेका मोदीखोला र युनाइटेड मोदीबाट २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निर्माणाधीन १५ दशमलव १ मेगावाटको मध्यमोदी आयोजनाको लागत अनुमान रु तीन अर्ब रहेको छ भने तल्लो मोदीको निर्माण लागत रु साढे तीन अर्ब अनुमान गरिएको छ । मोदीखोलामा मात्रै जलविद्युत् आयोजनामा कम्तीमा रु २६ अर्ब लगानी हुने देखिएको छ । (रासस)
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...













