मोदीखोलामा सातवटा जलविद्युत् आयोजना
फलेवास, पर्वत, १७ फागुन । मोदी खोलामा सातवटा जलविद्युत् आयोजना बन्ने भएका छन् ।
हालसम्म मोदीमा दुईवटा आयोजना निर्माण भई सञ्चालनमा छन् भने दुईवटा निर्माणाधीन छन् । अन्य तीनवटा आयोजना निर्माणको प्रक्रियामा छन् । पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएसँगै मोदीखोलामा जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको हो ।
सन् २००० देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण शुरु गरेको १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाले २०५७ देखि उत्पादन शुरु गरेको थियो । त्यसैगरी २०६९ मा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अहिले मनाङ ट्रेड लिंकको २० मेगावाटको तल्लो मोदी र चौधरी ग्रुपको १५ दशमलव १ मेगावाटको मध्यमोदी आयोजना निर्माणाधीन अवस्थामा छ । तल्लो मोदीको ९५ प्रतिशतभन्दा बढी काम तथा मध्यमोदीको करिब आधा काम सकिएको आयोजनाले जनाएको छ ।
तल्लो मोदीको निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो । मोदीखोलामा पछिल्लो समय विद्युत् प्राधिकरणले दुईवटा तथा युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले एउटा आयोजना निर्माण गर्दैछ । प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८ दशमलव २ मेगावाटको अपर मोदी निर्माण गर्ने प्रक्रिया थालेको छ । युनाइटेड मोदीले १० दशमलव पाँच मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न सर्वसाधारणबाट लगानी जुटाएको थियो ।
प्राधिकरणले अपर मोदी ‘ए’ र अपर मोदी निर्माणको काम अघि बढाएको छ । आयोजना प्रमुख सञ्जीवमान राजभण्डारी १० महिनाभित्र डिपीआर तयार हुने बताउनुहुन्छ । सातवटा आयोजनाबाट १३० मेगावाट विद्युत् उत्पादन हुने छ । हाल सञ्चालनमा रहेका मोदीखोला र युनाइटेड मोदीबाट २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निर्माणाधीन १५ दशमलव १ मेगावाटको मध्यमोदी आयोजनाको लागत अनुमान रु तीन अर्ब रहेको छ भने तल्लो मोदीको निर्माण लागत रु साढे तीन अर्ब अनुमान गरिएको छ । मोदीखोलामा मात्रै जलविद्युत् आयोजनामा कम्तीमा रु २६ अर्ब लगानी हुने देखिएको छ । (रासस)
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













