प्रहरीद्वारा नौ थान हतियार बरामद
जाजरकोट, १८ फागुन । जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले नौ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुई नाले एक थान, बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो ठूलो गरी तीन थान तथा गोली बरामद गरिएको हो ।
शाहीको घरमा बन्दुक तथा गोली लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उक्त हतियार र गोली एवं जंगली जनावरका छाला अंगसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भावेस रिमालले बताउनुभयो । उहाँका अनुसार प्रहरीले हतियारसँगै ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थसमेत बरामद गरेको छ । प्रहरीका अनुसार आठ थान डेटोनेटर, पटकामा प्रयोग गरिने केप १५ वट्टा, दुई केजी बारुद र जंगली जनावरको छाला तीन थान, सिङ ११ थान र नङ र दाँत २२ थान पनि बरामद गरिएको छ ।
शाहीका बाबुछोरा दुवैलाई प्रहरी नियन्त्रणमा राखेर हातहतियार तथा खरखजनाअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













