५ मन्त्री, दर्जनौ आकांक्षी, एमालेलाई छान्न सकस
मन्त्रीको आकांक्षी रहेका एमाले नेता तथा सांसदहरुको नजर प्रधानमन्त्री केपी शर्मा ओलीतिर छ । पार्टी स्थायी कमिटीले नै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको र ओली यसपटक आफू सफल हुने गरी टिम बनाउने मुडमा रहेकाले कसलाई छान्छन् भन्ने अनुमान लगाउन कसैले सकिरहेका छैनन् । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुन लागेको अवस्थामा एमालेले अब बढीमा ५ मन्त्रालय पाउनेछ । अन्य पार्टीलाई बाँड्दाबाँड्दै एमालेको भागमा मन्त्रालय नै नरहेने अवस्था आएको एक पदाधिकारीले बताए । बढीमा ५ मन्त्रालयका लागि पार्टीमा दर्जनौं सांसदहरुको दौडधूप छ । त्यस्तै पार्टीका प्रभावशाली पदाधिकारी र स्थायी कमिटी सदस्यहरु मन्त्रीको दौडमा छन् ।
एमालेका १४ पदाधिकारीमध्ये उपाध्यक्षत्रय बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सचिवद्वय भीम आचार्य तथा पृथ्वीसुब्बा गुरुङ बाहेक सबैजना मन्त्रीका आकांक्षी हुन् । गौतम र ज्ञवाली सांसद नै छैनन् भने शाक्य, आचार्य र गुरुङ प्रतिनिधिसभामा छैनन् ।
अन्य पदाधिकारीमध्ये योगेश भट्टराई बाहेक सबैजना कम्तिमा एकपटक मन्त्री भइसकेका छन् । योगेश भने पहिलोपटक सांसद भएकाले उनी मन्त्री बन्न पाएका छैनन् । ओलीले चुनावका बेला ताप्लेजुङबासीबीच योगेशलाई सांसद बनाएर पठाए आफूले मन्त्री बनाएर पठाउने बचन दिएका थिए । अहिले एमालेका कार्यकर्ताले ओलीको त्यहि भाषणको भिडियो सामाजिक सन्जालमा प्रचार गरेर ओलीमाथि दबाव दिइरहेका छन् । पार्टीभित्रको सन्तुलन मिलाउन पनि योगेशलाई ओलीले मन्त्री बनाउने अनुमान छ । यसपटक अधिकांश पदाधिकारी मन्त्रीका दाबेदार हुन् । स्थायी कमिटी सदस्यहरुमध्ये सुरेन्द्र पाण्डे र छबिलाल विश्वकर्मा पनि मन्त्रीका प्रवल दावेदार हुन् ।
पार्टीभित्र ओलीको थिंकट्यांक मानिने प्रदीप ज्ञवाली र शंकर पोखरेलमध्ये पोखरेल ५ नम्बर प्रदेशको मुख्यमन्त्री भइसकेकाले ज्ञवालीलाई मन्त्रिपरिषदमा सामेल गरिने सम्भावना छ । अर्थमन्त्रालयको दावी गरेका ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने शक्तिशाली मन्त्री बनाउने चर्चा पनि चलेको छ । राजश्व अनुसन्धान बिभाग, सम्पत्ति शुद्धीकरण बिभाग, राष्ट्रिय अनुसन्धान बिभाग, समाजकल्याण परिषद जस्ता निकायहरु प्रधानमन्त्री कार्यालय मातहत लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निकै शक्तिशाली बनाइएको छ । यसका साथै सबै प्रदेशहरुको विकास समन्वय गर्ने गरी मन्त्रालय खडा गर्ने र त्यो मन्त्रालयको मन्त्री प्रधानमन्त्री निकट व्यक्तिलाई बनाउने तयारी छ ।
मन्त्रीका दर्जनौं आकांक्षी
प्रदेश १ बाट एमालेका दर्जन बढी आकांक्षी भए पनि योगेश भट्टराई र भानुभक्त ढकाल दुवैको नाम बढी चर्चामा छ । प्रदेश १ बाट कांग्रेसको गढ ओखलढुंगामा दुईपटक चुनाव जितेका युवा नेता यज्ञराज सुनुवार पनि मन्त्रीका दाबेदार हुन् । त्यस्तै सुवास नेम्वाङले बसन्त नेम्वाङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाव दिइरहेका छन् । प्रदेश २ बाट प्रत्यक्ष निर्वा्चित सांसद रघ्ुवीर महासेठ र लिलानाथ श्रेष्ठ दुईजनामात्र छन् । महासेठले लबिङ बलियो बनाएका छन् । प्रदेश ३ बाट कृष्णगोपाल श्रेष्ठ, शेरवहादुर तामाङ, गोकुल बास्कोटा, जीवनराम श्रेष्ठ, रामवीर मानन्धर, कृष्णलाल महर्जन मन्त्रीका आकांक्षी छन् । महेश बस्नेतले भने यसपटक आफू प्रधानमन्त्रीलाई सफल बनाउने अभियानमा लाग्ने भन्दै मन्त्रीको दौडमा नरहेको निकटस्थहरुलाई बताएका छन् । प्रदेश ४ बाट रविन्द्र अधिकारी सम्भावित मन्त्री हुन् । लगातार तीन पटक चुनाव जितेका अधिकारी अहिलेसम्म मन्त्री नबनेका कारण उनको सम्भावना बढी भएको हो । यो प्रदेशबाटै थममाया थापा मन्त्री भइसकेकी छन् । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने पद्मा अर्याल पनि मन्त्रीको आकांक्षी हुन् ।
प्रदेश ५ बाट प्रदीप ज्ञवाली मन्त्री भए भने गोकर्ण विष्ट रोकिन सक्छन् । ऊर्जामन्त्री हुँदा लोडेसेडिङ घटाएर लोकप्रिय बनेका विष्ट पार्टी एकता कार्यदलमा छन् । कम्तिमा एक पदाधिकारी मन्त्री हुने भएकाले यो प्रदेशबाट अन्यले मौका पाउने सम्भावना कम छ । प्रदेश ६ बाट यसपटक बिभागीय मन्त्री कोही नहुने सम्भावना छ । प्रदेश ७ बाट डोटीका प्रेम आलेलाई मन्त्री बनाउन शीर्ष नेता सहमत भएका छन् । भीम रावल मन्त्री नबन्दा आले मन्त्री बन्ने निश्चित छ ।
आले पनि दुईपटक निर्वा्चित सांसद हुन् । उनले यसपटकको चुनावमा भौतिक पूर्वाधार मन्त्री बीरबहादुर बलायरलाई पराजित गरेका छन् । रावलले प्रदेश ७ बाट आफू नहुँदा कैलालीका नारदमुनी रानालाई मन्त्री बनाउन सिफारिस गरेका छन् । तर रानाको रातो पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेकाले उनको सम्भावना छैन । विशेष अदालतबाट सफाइ पाएका रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












