५ मन्त्री, दर्जनौ आकांक्षी, एमालेलाई छान्न सकस
मन्त्रीको आकांक्षी रहेका एमाले नेता तथा सांसदहरुको नजर प्रधानमन्त्री केपी शर्मा ओलीतिर छ । पार्टी स्थायी कमिटीले नै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको र ओली यसपटक आफू सफल हुने गरी टिम बनाउने मुडमा रहेकाले कसलाई छान्छन् भन्ने अनुमान लगाउन कसैले सकिरहेका छैनन् । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुन लागेको अवस्थामा एमालेले अब बढीमा ५ मन्त्रालय पाउनेछ । अन्य पार्टीलाई बाँड्दाबाँड्दै एमालेको भागमा मन्त्रालय नै नरहेने अवस्था आएको एक पदाधिकारीले बताए । बढीमा ५ मन्त्रालयका लागि पार्टीमा दर्जनौं सांसदहरुको दौडधूप छ । त्यस्तै पार्टीका प्रभावशाली पदाधिकारी र स्थायी कमिटी सदस्यहरु मन्त्रीको दौडमा छन् ।
एमालेका १४ पदाधिकारीमध्ये उपाध्यक्षत्रय बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सचिवद्वय भीम आचार्य तथा पृथ्वीसुब्बा गुरुङ बाहेक सबैजना मन्त्रीका आकांक्षी हुन् । गौतम र ज्ञवाली सांसद नै छैनन् भने शाक्य, आचार्य र गुरुङ प्रतिनिधिसभामा छैनन् ।
अन्य पदाधिकारीमध्ये योगेश भट्टराई बाहेक सबैजना कम्तिमा एकपटक मन्त्री भइसकेका छन् । योगेश भने पहिलोपटक सांसद भएकाले उनी मन्त्री बन्न पाएका छैनन् । ओलीले चुनावका बेला ताप्लेजुङबासीबीच योगेशलाई सांसद बनाएर पठाए आफूले मन्त्री बनाएर पठाउने बचन दिएका थिए । अहिले एमालेका कार्यकर्ताले ओलीको त्यहि भाषणको भिडियो सामाजिक सन्जालमा प्रचार गरेर ओलीमाथि दबाव दिइरहेका छन् । पार्टीभित्रको सन्तुलन मिलाउन पनि योगेशलाई ओलीले मन्त्री बनाउने अनुमान छ । यसपटक अधिकांश पदाधिकारी मन्त्रीका दाबेदार हुन् । स्थायी कमिटी सदस्यहरुमध्ये सुरेन्द्र पाण्डे र छबिलाल विश्वकर्मा पनि मन्त्रीका प्रवल दावेदार हुन् ।
पार्टीभित्र ओलीको थिंकट्यांक मानिने प्रदीप ज्ञवाली र शंकर पोखरेलमध्ये पोखरेल ५ नम्बर प्रदेशको मुख्यमन्त्री भइसकेकाले ज्ञवालीलाई मन्त्रिपरिषदमा सामेल गरिने सम्भावना छ । अर्थमन्त्रालयको दावी गरेका ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने शक्तिशाली मन्त्री बनाउने चर्चा पनि चलेको छ । राजश्व अनुसन्धान बिभाग, सम्पत्ति शुद्धीकरण बिभाग, राष्ट्रिय अनुसन्धान बिभाग, समाजकल्याण परिषद जस्ता निकायहरु प्रधानमन्त्री कार्यालय मातहत लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निकै शक्तिशाली बनाइएको छ । यसका साथै सबै प्रदेशहरुको विकास समन्वय गर्ने गरी मन्त्रालय खडा गर्ने र त्यो मन्त्रालयको मन्त्री प्रधानमन्त्री निकट व्यक्तिलाई बनाउने तयारी छ ।
मन्त्रीका दर्जनौं आकांक्षी
प्रदेश १ बाट एमालेका दर्जन बढी आकांक्षी भए पनि योगेश भट्टराई र भानुभक्त ढकाल दुवैको नाम बढी चर्चामा छ । प्रदेश १ बाट कांग्रेसको गढ ओखलढुंगामा दुईपटक चुनाव जितेका युवा नेता यज्ञराज सुनुवार पनि मन्त्रीका दाबेदार हुन् । त्यस्तै सुवास नेम्वाङले बसन्त नेम्वाङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाव दिइरहेका छन् । प्रदेश २ बाट प्रत्यक्ष निर्वा्चित सांसद रघ्ुवीर महासेठ र लिलानाथ श्रेष्ठ दुईजनामात्र छन् । महासेठले लबिङ बलियो बनाएका छन् । प्रदेश ३ बाट कृष्णगोपाल श्रेष्ठ, शेरवहादुर तामाङ, गोकुल बास्कोटा, जीवनराम श्रेष्ठ, रामवीर मानन्धर, कृष्णलाल महर्जन मन्त्रीका आकांक्षी छन् । महेश बस्नेतले भने यसपटक आफू प्रधानमन्त्रीलाई सफल बनाउने अभियानमा लाग्ने भन्दै मन्त्रीको दौडमा नरहेको निकटस्थहरुलाई बताएका छन् । प्रदेश ४ बाट रविन्द्र अधिकारी सम्भावित मन्त्री हुन् । लगातार तीन पटक चुनाव जितेका अधिकारी अहिलेसम्म मन्त्री नबनेका कारण उनको सम्भावना बढी भएको हो । यो प्रदेशबाटै थममाया थापा मन्त्री भइसकेकी छन् । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने पद्मा अर्याल पनि मन्त्रीको आकांक्षी हुन् ।
प्रदेश ५ बाट प्रदीप ज्ञवाली मन्त्री भए भने गोकर्ण विष्ट रोकिन सक्छन् । ऊर्जामन्त्री हुँदा लोडेसेडिङ घटाएर लोकप्रिय बनेका विष्ट पार्टी एकता कार्यदलमा छन् । कम्तिमा एक पदाधिकारी मन्त्री हुने भएकाले यो प्रदेशबाट अन्यले मौका पाउने सम्भावना कम छ । प्रदेश ६ बाट यसपटक बिभागीय मन्त्री कोही नहुने सम्भावना छ । प्रदेश ७ बाट डोटीका प्रेम आलेलाई मन्त्री बनाउन शीर्ष नेता सहमत भएका छन् । भीम रावल मन्त्री नबन्दा आले मन्त्री बन्ने निश्चित छ ।
आले पनि दुईपटक निर्वा्चित सांसद हुन् । उनले यसपटकको चुनावमा भौतिक पूर्वाधार मन्त्री बीरबहादुर बलायरलाई पराजित गरेका छन् । रावलले प्रदेश ७ बाट आफू नहुँदा कैलालीका नारदमुनी रानालाई मन्त्री बनाउन सिफारिस गरेका छन् । तर रानाको रातो पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेकाले उनको सम्भावना छैन । विशेष अदालतबाट सफाइ पाएका रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












