तोला चढेको सिक्का धामलाई, चामल वृद्धाश्रमलाई
पोखरा, १८ फागुन । पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीका हरिराम पौडेलले आमा चन्द्रकला पाध्याको ८४ वर्षको पूजाको अवसरमा तोला चढेको सिक्का धाम निर्माणार्थ र चामल वृद्धाश्रमलाई सहयोग गर्नुहुने भएको छ ।
पौडेलले आमा तोला चढ्ने क्रममा पुगेको ४७ किलोग्राम सिक्का पोखरा लेखनाथ महानगरपालिका–२९ स्थित नर्मदेश्वर मोक्षाश्रम धाम, मदौरुकुना र ५० किलोग्राम चामल पोखरा लेखनाथ महानगरपालिका– १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई प्रदान गर्न लाग्नुभएको हो ।
चौरासी वर्षको पूजाकै अवसरमा हरिराम पौडेल र उहाँकी धर्मपत्नी लीलादेवी पौडेलद्वारा आमा चन्द्रकला पाध्याको सम्मान र बुबा स्व गिरिधारी पाध्याको स्मृतिमा पोखरा लेखनाथ ३३ पानीट्यांकीमा निर्मित चन्द्रगिरि प्रतिक्षालयको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत बिहीबार उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा पूर्वकानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












