सुन गायब गरेको भन्दै अपहरणपछि हत्या
काठमाडौं, २० फागुन । तस्करीको सुन भागबन्डा गर्ने क्रममा बढेको विवादले मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार मंगलबार सनम अपहरणमा परेका थिए । त्यसपछि उनको हत्या भयो । नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।
प्रकाशित समाचारका अनुसार हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ वर्षीय मोहन काफ्लेलाई पक्राउ गरिसकेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ ।
महाशाखा प्रमुख एसएसपी दिवेस लोहनीले तस्कर गरिएको सुनमा विवाद भएपछि सनम अपहरणमा परेको र त्यसपछि हत्या उनको हत्या भएको बताए । ‘तस्कारीको सुन भागबन्डामा उनीहरूबीच विवाद भयो । विवादपछि सनमको अपहरण गरियो । त्यसपछि कुटपिट भयो । कुटपिटकै कारण उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ,’ लोहनीले भने ।
प्रहरीका अनुसार मृतक सनम र घटनामा संलग्न तीनैजना सुन तस्करमा संलग्न अभियुक्त हुन् । उनीहरूले रसुवाको केरुङ नाका हुँदै भारतका विभिन्न बजारमा सुन तस्कार गर्दै आएका थिए । यही क्रममा मृतक सनमले साढे ३३ किलो सुन एकाएक गायब बनाएपछि उनीहरूबीच विवाद बढेको थियो । विवादकै क्रममा उनीहरूले सनमलाई अपहरण गरी अज्ञात स्थल लगेका थिए । कब्जामा लिएका सनमलाई उनीहरूले कुटपिट गर्दै गायब भएको साढे ३३ केजी सुनको सम्बन्धमा सोधपुछ गरेका थिए । प्रहरीका अनुसार कुटपिटकै कारण सनमको मृत्यु भएको हो ।
शनिबार बिहान विराटनगर–३ स्थित पोखरिया कन्या मार्गमा हुइँकिएको बा१२च ५९६३ को क्रिम कलरको स्कोरपियो गाडीमाथि शंका लागेर चेक गर्दा प्रहरीले गाडीको डिकीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरिएको शंकास्पद बस्तु भेट्यो । त्रिपाल खोल्दा चार दिनअघि अपरहण भएका सनमको मृत शरीर भेटियो । प्रहरीले गाडीचालक नियन्त्रणमा लियो । ( छापाखाना बाट साभार गरिएको )
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












