सुन गायब गरेको भन्दै अपहरणपछि हत्या
काठमाडौं, २० फागुन । तस्करीको सुन भागबन्डा गर्ने क्रममा बढेको विवादले मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार मंगलबार सनम अपहरणमा परेका थिए । त्यसपछि उनको हत्या भयो । नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।
प्रकाशित समाचारका अनुसार हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ वर्षीय मोहन काफ्लेलाई पक्राउ गरिसकेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ ।
महाशाखा प्रमुख एसएसपी दिवेस लोहनीले तस्कर गरिएको सुनमा विवाद भएपछि सनम अपहरणमा परेको र त्यसपछि हत्या उनको हत्या भएको बताए । ‘तस्कारीको सुन भागबन्डामा उनीहरूबीच विवाद भयो । विवादपछि सनमको अपहरण गरियो । त्यसपछि कुटपिट भयो । कुटपिटकै कारण उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ,’ लोहनीले भने ।
प्रहरीका अनुसार मृतक सनम र घटनामा संलग्न तीनैजना सुन तस्करमा संलग्न अभियुक्त हुन् । उनीहरूले रसुवाको केरुङ नाका हुँदै भारतका विभिन्न बजारमा सुन तस्कार गर्दै आएका थिए । यही क्रममा मृतक सनमले साढे ३३ किलो सुन एकाएक गायब बनाएपछि उनीहरूबीच विवाद बढेको थियो । विवादकै क्रममा उनीहरूले सनमलाई अपहरण गरी अज्ञात स्थल लगेका थिए । कब्जामा लिएका सनमलाई उनीहरूले कुटपिट गर्दै गायब भएको साढे ३३ केजी सुनको सम्बन्धमा सोधपुछ गरेका थिए । प्रहरीका अनुसार कुटपिटकै कारण सनमको मृत्यु भएको हो ।
शनिबार बिहान विराटनगर–३ स्थित पोखरिया कन्या मार्गमा हुइँकिएको बा१२च ५९६३ को क्रिम कलरको स्कोरपियो गाडीमाथि शंका लागेर चेक गर्दा प्रहरीले गाडीको डिकीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरिएको शंकास्पद बस्तु भेट्यो । त्रिपाल खोल्दा चार दिनअघि अपरहण भएका सनमको मृत शरीर भेटियो । प्रहरीले गाडीचालक नियन्त्रणमा लियो । ( छापाखाना बाट साभार गरिएको )
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












