दानका भरमा संस्कृत विद्यालय
बागलुङ, २० फागुन । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि दानका भरमा चलेको छ ।
धार्मिक विद्यालयका नाममा आउने न्यून सरकारी अनुदानले विद्यालयको खर्च धानिने अवस्था छैन । विद्यालयमा १८ जिल्लाका ७० विद्यार्थीले आवसीय सुविधासहित निःशुल्क पढ्न पाएका छन् । भोजनमा मात्र दैनिक रु पाँच हजार खर्च लाग्ने विद्यालय दानदाताकै सहयोगमा चलेको प्रअ शान्ति ज्ञवालीले बताउनुभयो ।
“व्यक्ति र संघसंस्थाले दिने दान र सहायताकै भरमा विद्यालय धानिएको छ”, उहाँले भन्नुभयो, “विद्यालयप्रति सबैको सद्भाव र सहानुभूति छ ।” पितृकार्य, जन्मदिन र विभिन्न धार्मिक कार्यका अवसरमा दाताले विद्यालयलाई सहयोग गरेका छन् । प्रअ ज्ञवालीका अनुसार ५० भन्दा बढी स्थानीयवासीले दैनिक मुष्ठीदान गर्दै आएका छन् । “दिनको रु तीन मन्दिरलाई दान गर्नुहुन्छ, जसबाट वार्षिक रु एक हजार २६० हुन्छ”, उहाँले भन्नुभयो ।
“खर्च धान्न धौ धौ हुँदा मागेर पनि चलाउने गरिएको विद्यालयका व्यवस्थापक स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । तीर्थयात्रीबाट पनि विद्यालयमा दान प्राप्त हुने गरेको उहाँको भनाइ छ । दाताकै सहयोगमा विद्यालयको भौतिक संरचना फेरिएको छ । विद्यालय भवन निर्माणमा जिल्ला शिक्षा कार्यालयले पनि अनुदान उपलब्ध गराएको छ ।
विद्यालयमा दुई दुई स्थायी र राहत दरबन्दीका शिक्षक छन् । दुई शिक्षक भने स्थानीय स्रोतबाट राखिएको प्रअ ज्ञवालीले जानकारी दिनुभयो । विसं २०४२ मा स्थापित विद्यालय २०७० सालसम्म गुरुकुल प्रणालीमै सञ्चालित थियो । विसं २०७१ मा जिल्ला शिक्षा कार्यालयबाट कक्षा ६ को अनुमति लिई संस्कृतसँगै अन्य आधुनिक विषयको पठनपाठन शुरु गरिएको हो । अहिले कक्षा ९ सम्म पढाइ भइरहेको र कक्षा १० को अनुमतिका लागि प्रक्रिया अघि बढेको जनाइएको छ ।
कक्षा १२ सञ्चालन गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहदेव राजभण्डारीले बताउनुभयो । “दाताहरुकै सहयोगमा विद्यालय सञ्चालित छ”, उहाँले भन्नुभयो, “दैनिक भोजन, विद्यार्थीको पोशाक र आवासमा ठूलो खर्च छ ।” राजभण्डारी आफँैले पनि विद्यालयमा रु पाँच लाखको अक्षयकोष खडा गर्नुभएको छ । विद्यालयको दिगो विकासका लागि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । विद्यालयमा संस्कृततर्फ वेद, व्याकरण, कर्मकाण्ड र संस्कृत भाषा तथा आधुनिकतर्फ नेपाली, अंग्रेजी, गणित र सामाजिक विषयको पढाइ हुने गरेको छ ।
सो विद्यालयमा पढेका अधिकांश विद्यार्थी संस्कृत विषयमा उपल्लो तहको अध्ययनका लागि भारत जाने गरेका छन् । कुँडुलेमै जन्मनुभएका स्वामी श्रीधराचार्यले स्थापना गरेको विद्यालयले वैदिक धर्म र संस्कृतिको उन्नयनमा टेवा पु¥याउँदै आएको छ । विद्यालय परिसरमा प्रसिद्ध श्रीरंगवेंकटेश मुक्तिनारायणको मन्दिरसमेत छ । (रासस)
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











