सैन्य कारबाहीमा ७० जनाको मृत्यु
काबुल, अफगानिस्तान, २० फागुन । अफगानिस्तानमा विगत शनिबार राति र आइतबार अपरान्हसम्म सरकारी सेनाले चलाएको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इश्लामिक स्टेट (आइएस) समूह आवद्ध लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले आइताबार सञ्चारकर्मीहरूलाई बताउनुभयो, “शनिबार र आइतबार देशका विभिन्न भागमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ५० जना आतङ्ककारी तथा २० जना आइएस लडाकूको मृत्यु भएको छ ।” उक्त भडपहरूमा २७ जना विद्रोही शख्त घाइते भएका छन्,” उहाँले थप्नुुभयो ।
अधिकारीका अनुसार २० जना आइएस विद्रोहीको अफगानिस्तानको उत्तरी जाज्जन प्रान्तको दारजव क्षेत्रमा भएको भिडन्तमा मृत्यु भएका हो । उक्त घटनामा कैयौँ विद्रोही घाइते बनेका थिए । सरकारले हवाई आक्रमणको साथसाथै स्थल सेनाको आक्रमणलाई सञ्चालन गरेको र छोटो समयमा विद्रोहीलाई जाज्जन क्षेत्रबाट धपाएको जनाएको छ ।
यसबारे तालिवानी विद्रोही तथा आइएस समूहबाट कुनै प्रतिक्रिया आइनसकेको बताइएको छ । (रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...













