ताजा समाचार

सैन्य कारबाहीमा ७० जनाको मृत्यु

काबुल, अफगानिस्तान, २० फागुन । अफगानिस्तानमा विगत शनिबार राति र आइतबार अपरान्हसम्म सरकारी सेनाले चलाएको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इश्लामिक स्टेट (आइएस) समूह आवद्ध लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले आइताबार सञ्चारकर्मीहरूलाई बताउनुभयो, “शनिबार र आइतबार देशका विभिन्न भागमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ५० जना आतङ्ककारी तथा २० जना आइएस लडाकूको मृत्यु भएको छ ।”   उक्त भडपहरूमा २७ जना विद्रोही शख्त घाइते भएका छन्,” उहाँले थप्नुुभयो ।

अधिकारीका अनुसार २० जना आइएस विद्रोहीको अफगानिस्तानको उत्तरी जाज्जन प्रान्तको दारजव क्षेत्रमा भएको भिडन्तमा मृत्यु भएका हो । उक्त घटनामा कैयौँ विद्रोही घाइते बनेका थिए । सरकारले हवाई आक्रमणको साथसाथै स्थल सेनाको आक्रमणलाई सञ्चालन गरेको र छोटो समयमा विद्रोहीलाई जाज्जन क्षेत्रबाट धपाएको जनाएको छ ।

यसबारे तालिवानी विद्रोही तथा आइएस समूहबाट कुनै प्रतिक्रिया आइनसकेको बताइएको छ ।  (रासस÷सिन्ह्वा)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org