हत्या आरोपमा तीन पक्राउ
विराटनगर, २१ फागुन । उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो ।
हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मण्डन देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी–७ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की र उर्लाबारी–५ बस्ने मोहन काफ्लेलाई दुई वटा गाडीसहित नियन्त्रणमा लिइएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकु, काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोलीले फागुन १९ गते विराटनगर–३ स्थित गोधली मार्गमा शंकास्पद रुपमा दक्षिणबाट उत्तरतर्फ गइरहेको बा१२च ५९६३ नंको सेतो रङको स्कारपियो गाडी र सोही गाडीको पछाडि रहेको मे१च ५३९५ नं टाटा जेनोनलाई रोकी जाँच गर्दा स्कारपियो गाडीमा मृतक शाक्यको शव भेटिएको थियो । उक्त शवसँगै करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रीसमेत फेला पारेको थियो ।
पक्राउ परेका व्यक्तिहरुले आर्थिक लेनदेन तथा एक महिना अगाडि काठमाडौँबाट हराएको वा लुटिएको ३३ किलो ५०० ग्राम सुनको विषयलाई लिएर शाक्यलाई कुटपिट गरी करेन्ट लगाएर मारेको वयान दिएको प्रहरी उपरीक्षक विसीले जानकारी गराउनुभयो । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













