१९ महिनासम्म मजदूरले पारिश्रमिक पाएनन्
बैतडी, २१ फागुन । बैतडीको देहिमाण्डौँ–गिरेगाडा सडकखण्ड ग्राभेल गरेका बखत काम गरेका २०० मजदूरले १९ महिनासम्म पनि पारिश्रमिक नपाएको बताएका छन् ।
विसं २०७३ असार र साउन महिनामा सो सडकमा ग्राभेल बिछ्याइँदा काम गरेका कामदार र उधारोमा सामान दिएका व्यापारीले आफूलाई दिन्छौँ भनेको पैसा काम सकिएको १९ महिना बित्दासमेत नदिइएको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका देवीदत्त जोशीले बताउनुभयो । “हामीले साउनको झरीमा भिजेर काम ग¥यौँ,” उहाँले भन्नुभयो, “काम सम्पन्न भयो तर पारिश्रमिक अझै पाएका छैनौँ । हामी सडकमै काम गरेर गुजारा चलाउने मान्छे कसरी बालबच्चा पाल्ने कसरी छाक टार्ने ? हामीलाई गुजारा गर्न समस्या भइरहेको छ ।”
यस्तै, ग्वाल्लेककै गणेश दत्त जोशीले आफू मलेसियामा काम गरिरहेको र केही दिनको बिदामा घर आउँदा सडकमा काम खुलेको भनेकाले यतै बसेको तर, सडकमा काम गरेपछि पनि पैसा नपाएकाले यता न उताको भएको बताउनुभयो । “विदेशमा जसोतसो पसिना बगाइरहेको थिएँ, त्यहाँको काम पनि कष्टपूर्ण नै थियो, घर आएको बेला यतै सडकमा काम पाएँ तर काम गरेको पारिश्रमिक पाइएन,” उहाँले भन्नुभयो, “यता न उताको भएँ, अब के गरुँ दुई वर्ष पुग्न लाग्यो घरमै बेरोजगार बसेको छु, हामी कामदारले ज्याला नपाए कसरी घर खर्च चलाउने ?”
उपभोक्ता समितिले पैसा नदिएको कामदारको गुनासो आइरहँदा उपभोक्ता समितिले भने रकम निकासा नभएको बताएको छ । सुरेन्द्र बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको खातामा अहिलेसम्म रु आठ लाखमात्रै आएको बताउनुभयो । सडक ग्राभेलका लागि सम्झौता भएको जम्मा रकम ३७ लाख ७१ हजार १३५ रुपैयाँ ४८ पैसामध्ये रु ३० लाख उपभोक्ता समितिले पाउने र बाँकी सात लाख ७१ हजार बराबरको नागरिकले श्रमदान गर्ने सहमति भएको हो । विसं २०७३ असोजमा पहिलो किस्ताबापत रु आठ लाख प्राप्त गरेर केही कामदारलाई वितरण गरेको अध्यक्ष बोहराले बताउनुभयो ।
विविध कारण सडक बोर्डबाटै रकम निकासा नहुँदा आफूहरुले कामदारलाई पारिश्रमिक दिन नपाएको र पारिश्रमिक नदिएका कारण गाउँका मान्छे आफूहरुसँग बोल्नै छाडेको उपभोक्ता समितिका कोषाध्यक्ष बलदेव जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई चुनाव नै हराइदिए । पहिला सबैसँग राम्रो सम्बन्ध थियो । अहिले सबैसँग सम्बन्धसमेत बिग्रन थाल्यो । हामीलाई पैसा खायो भन्छन् ।”
देहिमाण्डौँ ग्वाल्लेक सडक ग्राभेल हुँदा २०० भन्दा बढी कामदारले काम गरेका र त्यसमध्ये केही व्यक्तिले नागार्जुन प्रहरी चौकीमा उजुरीसमेत दिएको हरिराम लोहारले बताउनुभयो । “हामी मजदूरी गरेर छाक टार्ने मान्छे हौँ,” उहाँले भन्नुभयो, “दुई महिनासम्म एक छाक खाना खाएर काम गरेका हौँ । काम गरेको दुई वर्ष पुग्न लाग्दासमेत पारिश्रमिक पाएनौँ । त्यसैले दुई पटक प्रहरी चौकीमा समेत निवेदन दियौँ । पैसा जिल्लामा नआएको रहेछ ।”
विसं २०७३ साउन महिनामा काम सम्पन्न भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेकाले रकम निकासामा ढिलाइ भएको स्थानीय विकास अधिकारी खेमराज विष्टले बताउनुभयो । उहाँका अनुसार अहिले केही दिनअघिमात्रै सडक बोर्डबाट रु २० लाख रकम निकासा भएर उपभोक्ता समितिको खातामा जम्मा भइसकेको छ । (रासस)
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...













