१९ महिनासम्म मजदूरले पारिश्रमिक पाएनन्
बैतडी, २१ फागुन । बैतडीको देहिमाण्डौँ–गिरेगाडा सडकखण्ड ग्राभेल गरेका बखत काम गरेका २०० मजदूरले १९ महिनासम्म पनि पारिश्रमिक नपाएको बताएका छन् ।
विसं २०७३ असार र साउन महिनामा सो सडकमा ग्राभेल बिछ्याइँदा काम गरेका कामदार र उधारोमा सामान दिएका व्यापारीले आफूलाई दिन्छौँ भनेको पैसा काम सकिएको १९ महिना बित्दासमेत नदिइएको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका देवीदत्त जोशीले बताउनुभयो । “हामीले साउनको झरीमा भिजेर काम ग¥यौँ,” उहाँले भन्नुभयो, “काम सम्पन्न भयो तर पारिश्रमिक अझै पाएका छैनौँ । हामी सडकमै काम गरेर गुजारा चलाउने मान्छे कसरी बालबच्चा पाल्ने कसरी छाक टार्ने ? हामीलाई गुजारा गर्न समस्या भइरहेको छ ।”
यस्तै, ग्वाल्लेककै गणेश दत्त जोशीले आफू मलेसियामा काम गरिरहेको र केही दिनको बिदामा घर आउँदा सडकमा काम खुलेको भनेकाले यतै बसेको तर, सडकमा काम गरेपछि पनि पैसा नपाएकाले यता न उताको भएको बताउनुभयो । “विदेशमा जसोतसो पसिना बगाइरहेको थिएँ, त्यहाँको काम पनि कष्टपूर्ण नै थियो, घर आएको बेला यतै सडकमा काम पाएँ तर काम गरेको पारिश्रमिक पाइएन,” उहाँले भन्नुभयो, “यता न उताको भएँ, अब के गरुँ दुई वर्ष पुग्न लाग्यो घरमै बेरोजगार बसेको छु, हामी कामदारले ज्याला नपाए कसरी घर खर्च चलाउने ?”
उपभोक्ता समितिले पैसा नदिएको कामदारको गुनासो आइरहँदा उपभोक्ता समितिले भने रकम निकासा नभएको बताएको छ । सुरेन्द्र बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको खातामा अहिलेसम्म रु आठ लाखमात्रै आएको बताउनुभयो । सडक ग्राभेलका लागि सम्झौता भएको जम्मा रकम ३७ लाख ७१ हजार १३५ रुपैयाँ ४८ पैसामध्ये रु ३० लाख उपभोक्ता समितिले पाउने र बाँकी सात लाख ७१ हजार बराबरको नागरिकले श्रमदान गर्ने सहमति भएको हो । विसं २०७३ असोजमा पहिलो किस्ताबापत रु आठ लाख प्राप्त गरेर केही कामदारलाई वितरण गरेको अध्यक्ष बोहराले बताउनुभयो ।
विविध कारण सडक बोर्डबाटै रकम निकासा नहुँदा आफूहरुले कामदारलाई पारिश्रमिक दिन नपाएको र पारिश्रमिक नदिएका कारण गाउँका मान्छे आफूहरुसँग बोल्नै छाडेको उपभोक्ता समितिका कोषाध्यक्ष बलदेव जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई चुनाव नै हराइदिए । पहिला सबैसँग राम्रो सम्बन्ध थियो । अहिले सबैसँग सम्बन्धसमेत बिग्रन थाल्यो । हामीलाई पैसा खायो भन्छन् ।”
देहिमाण्डौँ ग्वाल्लेक सडक ग्राभेल हुँदा २०० भन्दा बढी कामदारले काम गरेका र त्यसमध्ये केही व्यक्तिले नागार्जुन प्रहरी चौकीमा उजुरीसमेत दिएको हरिराम लोहारले बताउनुभयो । “हामी मजदूरी गरेर छाक टार्ने मान्छे हौँ,” उहाँले भन्नुभयो, “दुई महिनासम्म एक छाक खाना खाएर काम गरेका हौँ । काम गरेको दुई वर्ष पुग्न लाग्दासमेत पारिश्रमिक पाएनौँ । त्यसैले दुई पटक प्रहरी चौकीमा समेत निवेदन दियौँ । पैसा जिल्लामा नआएको रहेछ ।”
विसं २०७३ साउन महिनामा काम सम्पन्न भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेकाले रकम निकासामा ढिलाइ भएको स्थानीय विकास अधिकारी खेमराज विष्टले बताउनुभयो । उहाँका अनुसार अहिले केही दिनअघिमात्रै सडक बोर्डबाट रु २० लाख रकम निकासा भएर उपभोक्ता समितिको खातामा जम्मा भइसकेको छ । (रासस)
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













