बाह्रदिनको बीचमा दुईजना बलात्कृत
लिबाङ, रोल्पा, २२ फागुन । रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी दुईजना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले आज जनाएको छ ।
सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरले सोही गाउँपालिकामा पर्ने भित्री गामकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाका अनुसार किशोर र किशोरीका बीच आठ÷नौ महिनादेखि टेलिफोनमा सम्पर्क हुँदै आएको थियो ।
यसरी टेलिफोनमा हुने कुराकानीका क्रममा किशोरले किशोरीलाई विभिन्न किसिमका प्रलोभनमा पारेर आफ्नो घरमै लगी बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ । पीडित पक्षबाट इप्रका सुलिचौरमा गतः बुधबार निवेदन परेपछि प्रहरी टोली घटनास्थलमा पुगी विस्तृत जानकारी लिएको थियो । अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि प्रहरीले प्रक्रिया अगाडि बढाउने पनि जनाएको छ ।
यसैगरी, रुन्टीगढी गाउँपालिका रोल्पाकी २८ वर्षीया महिलालाई १८ देखि २४ वर्ष उमेर समूहका पाँचजना युवकले फागुन पहिलो साता सामूहिक बलात्कार गरेको भनी उजुरी परेको इलाका प्रहरी कार्यालय, होलेरी, रोल्पाले सोमबार राससलाई जानकारी दिएको छ । साँझ करिब ७ बजेतिर गाउँकै पसलबाट आवश्यक खाद्य सामग्री लिएर फर्कने क्रममा ती महिला बलात्कृत भएकी हुन् ।
इप्रका रोल्पाका प्रनानी खडकबहादुर डाँगीका अनुसार चारजना अभियुक्तलाई हाल प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि हिरासतमा राखिसकेको छ भने एकजना फरार रहेका छन् । उनको खोजीकार्य तीव्र पारिएको छ । यसरी बलात्कृत भएकी महिलालाई योजनाबद्ध तरिकाले अभियुक्तले बोल्न कराउन नदिई बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको इप्रकाले जनाएको छ ।
इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिप्रका रोल्पाका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै घटनाका अभियुक्तलाई म्याद थप गरी अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













