एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
भक्तपुर, २२ फागुन । लाभग्राही सूचीमा परेर पनि तेस्रो किस्ता अनुदान रकम लिने भूकम्पपीडितको संख्या जिल्लामा न्यून रहेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लामा एक हजार ६६ भूकम्पपीडितले मात्रै भवन निर्माणका लागि तेस्रो किस्ता लिएको प्राधिकरणको भक्तपुर शाखाका प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो ।
जिल्लामा २७ हजार ६४४ भूकम्पपीडित लाभग्राही सूचीमा रहेका छन् । हालसम्म २३ हजार १२५ लाभग्राहीले अनुदान रकमका लागि सम्झौता गरेका छन् । बाइस हजार ७९२ ले पहिलो तथा दुई हजार ७८ भूकम्पपीडितले दोस्रो किस्ता लिएका छन् ।
अनुदान रकम प्रक्रियामा रहेका पनि पहिलो किस्ताका लागि ३३३, दोस्रो किस्ताका लागि ३८५ र तेस्रो किस्ताका लागि ५५० लाभग्राही रहेका छन् भने घरनिर्माण शुरु गर्नेको संख्या सात हजार ३२ मात्रै रहेको गेलालले बताउनुभयो ।
जिल्लामा सगोल परिवारको जग्गा विवाद, पुरातात्विक क्षेत्र, नक्सा पासमा कठिनाई तथा घर बनाउन रकम अभावका कारण घर निर्माणमा ढिलाइ भएको अनुगमनका क्रममा पाइएको उहाँको भनाइ छ ।
कार्यक्रममा प्राधिकरण शिक्षा शाखाका देवकुमार बडालले जिल्लामा तीनवटा विद्यालयको तीन कोठे भवन पुर्नःनिर्माण सम्पन्न भएको, आठवटा विद्यालयको क्रमागत रुपमा निर्माण भइरहेको र नौवटासँग सम्झौता भएको जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाभित्र रहेको नमूना विद्यालयको छनोटमा परेको श्रीपद्यम उमाविको करिब रु १४ करोडको लागतमा बन्न लागेको भवन सम्पदा क्षेत्रभित्र परेको भन्दै नगरपालिकाले नक्सापास नगरी दिँदा निर्माण हुननसकेको र विद्यार्थी निकेतनमा पनि यस्तै समस्या रहेको बताउनुभयो । सम्पदा निर्माणको क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













