एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
भक्तपुर, २२ फागुन । लाभग्राही सूचीमा परेर पनि तेस्रो किस्ता अनुदान रकम लिने भूकम्पपीडितको संख्या जिल्लामा न्यून रहेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लामा एक हजार ६६ भूकम्पपीडितले मात्रै भवन निर्माणका लागि तेस्रो किस्ता लिएको प्राधिकरणको भक्तपुर शाखाका प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो ।
जिल्लामा २७ हजार ६४४ भूकम्पपीडित लाभग्राही सूचीमा रहेका छन् । हालसम्म २३ हजार १२५ लाभग्राहीले अनुदान रकमका लागि सम्झौता गरेका छन् । बाइस हजार ७९२ ले पहिलो तथा दुई हजार ७८ भूकम्पपीडितले दोस्रो किस्ता लिएका छन् ।
अनुदान रकम प्रक्रियामा रहेका पनि पहिलो किस्ताका लागि ३३३, दोस्रो किस्ताका लागि ३८५ र तेस्रो किस्ताका लागि ५५० लाभग्राही रहेका छन् भने घरनिर्माण शुरु गर्नेको संख्या सात हजार ३२ मात्रै रहेको गेलालले बताउनुभयो ।
जिल्लामा सगोल परिवारको जग्गा विवाद, पुरातात्विक क्षेत्र, नक्सा पासमा कठिनाई तथा घर बनाउन रकम अभावका कारण घर निर्माणमा ढिलाइ भएको अनुगमनका क्रममा पाइएको उहाँको भनाइ छ ।
कार्यक्रममा प्राधिकरण शिक्षा शाखाका देवकुमार बडालले जिल्लामा तीनवटा विद्यालयको तीन कोठे भवन पुर्नःनिर्माण सम्पन्न भएको, आठवटा विद्यालयको क्रमागत रुपमा निर्माण भइरहेको र नौवटासँग सम्झौता भएको जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाभित्र रहेको नमूना विद्यालयको छनोटमा परेको श्रीपद्यम उमाविको करिब रु १४ करोडको लागतमा बन्न लागेको भवन सम्पदा क्षेत्रभित्र परेको भन्दै नगरपालिकाले नक्सापास नगरी दिँदा निर्माण हुननसकेको र विद्यार्थी निकेतनमा पनि यस्तै समस्या रहेको बताउनुभयो । सम्पदा निर्माणको क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । (रासस)
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...












