निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न

काठमाण्डौ २२ फागुन । राष्ट्रपतिको निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीका लागि आज बसेको निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।
सो बैठक उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक माननीय निर्वाचन आयुक्त सुधीर कुमार शाहज्यूको संयोजकत्वमा बसेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
उक्त बैठकमा माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यूको उपस्थिति समेत रहेको थियो ।
बैठकमा माननीय प्रमुख निर्वाचन आयुक्तज्यूले स्थानीय तह, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित रुपले सम्पन्न गर्न सुरक्षा निकायले पु¥याएको योगदान प्रति धन्यवाद दिँदै आगामी राष्ट्रपतिको निर्वाचनमा पनि चुस्त दुरुस्त ढङ्गले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ ।
समितिका संयोजक माननीय निर्वाचन आयुक्त सुधीर कुमार शाहज्यूले शान्तिपूर्ण र मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने बताउँदै राष्ट्रपतिको निर्वाचनमा पनि सुरक्षा निकायले त्रुटीरहित ढङ्गले निर्वाचनका सबै प्रक्रियामा सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै गरी गृह मन्त्रालयका सचिव लगायतका सुरक्षा निकायका प्रतिनिधिहरुले आयोगको निर्देशन बमोजिम शान्तिपूर्ण रुपमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।
बैठकमा माननीय निर्वाचन आयुक्तज्यूहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, गृह सचिव मोहनकृष्ण सापकोटा, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के.सी. एवं सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि तथा आयोगका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको निर्वाचन आयोगले जनाएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












