मासु पसलमा फोहर र झिँगा
ललितपुर, २२ फागुन । शहरका भित्री भागमा सञ्चालन गरिएका मासु पसल पmोहर ठाउँमा रहेको पाइएको छ ।
जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधिले एक सातासम्म गरेको अनुगमनका क्रममा मासु पसलले सफाइमा बेवास्ता गरेको पाइएको हो ।
बधस्थल र मासु पसल फरक–फरक ठाउँमा हुनुपर्ने व्यवस्था भए पनि धेरै सञ्चालकले एकै ठाउँमा राखेको पाइएको कार्यालयका प्रमुख मोगल साहले बताउनुभयो । एउटै पसलमा एउटाभन्दा बढी किसिमका मासु बेच्दा फरक ठाउँमा राख्नुपर्ने नियम छ । कतिपय मासु पसलले एउटै टेबुलमा राख्ने गरेको पाइएको छ ।
उहाँ भन्नुहुन्छ, “कतिपय मासु पसलले जानकारी नभएर र कतिले भएर पनि नियम पालना गरेका छैनन् ।”
जाली र सिसा राख्नुपर्ने व्यवस्था भए पनि कतिपय मासु पसलले त्यसको पालना गरेका छैनन् । मेलम्ची खानेपानीका लागि सडक खन्दा सडक धुलाम्मे छन् । अनुगमनका क्रममा अधिकांश मासु पसल सडक छेउमा र कतिपय चोकमा पाइएको साहले बताउनुभयो ।
“सडक छेउका मासु पसल वरपर फोहर मात्र देख्न सकिन्छ,” उहाँले भन्नुभयो । कम्तीमा १२ घण्टासम्म डिपफ्रिजमा राखेको मासु खानका लागि योग्य मानिन्छ । उक्त अवधिसम्म फ्रिजमा राख्दा मासुमा भएका ब्याक्टेरिया मर्ने साह बताउनुहुन्छ । धेरै उपभोक्ताले आलो मासु नै किन्न चाहने हुँदा डिपफ्रिजमा नराखी बेच्ने गरेका पसल सञ्चालकले अनुगमन टोलीलाई बताएका छन् ।
अघिल्ला वर्षहरुमा भन्दा फ्रिजको प्रयोग बढेको छ । उहाँ भन्नुहुन्छ, “बिहानदेखि साँझसम्म बिग्रन्छ भनेर पनि पसलेले फ्रिज प्रयोग गर्न थालेका छन् ।” अझै पनि फ्रिजमा राखेको भन्दा आलो मासु किन्न चाहने ग्राहकको सं्ख्या बढी छ । मासुलाई फ्रिज बाहिर राखिरहँदा ब्याक्टेरिया बढ्ने र गुणस्तर कम हुने भए पनि आमउपभोक्तालाई बुझाउन नसकिएको साह बताउनुहुन्छ ।
मासु पसल कतिपय दर्ता नै नभई सञ्चालनमा रहेका र कतिपय मिति नाघेर पनि नवीकरण नगरिएका पाइएको महानगरपालिकाका नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पसललेलाई दर्ता प्रक्रियामा आउन सुझाव दिएका छौँ । कतिपय पसल व्यवस्थित बन्दै गए पनि पुस्तौँदेखि चलेका परम्परागत मासु पसलमा सुधार आएको छैन ।”
उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि राम गुरुङ अनुगमनका क्रममा कतिपय पसलेले फोहर भुइँमा फालेको पाइएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ग्राहकलाई आकर्षित गर्न मासु टेबुलमा पसल बाहिरसमेत राखेको पाइयो ।” उपभोक्तामा चेतनाको कमी रहेको गुरुङ बताउनुहुन्छ ।
“उपभोक्तलाई डिपफ्रिजमा राखेको मासुमात्रै किन्नुपर्छ भनेर बुझाउन सकिएको छैन,” उहाँले भन्नुभयो ।
कार्यालयले टोली बनाएर एक सातामा ६६ वटा मासु पसलको अनुगमन गरेको थियो । महानगरपालिकाको वडा नं १ देखि ६ सम्मका मासु पसलको अनुगमन गरिएको थियो । उपमहानगरपालिका हुँदासम्म यहाँका २२ वटा वडामा झण्डै ३०० वटा मासु पसल दर्ता भएर सञ्चालनमा थिए । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












