गाउँपालिकाले रकम निकासा नगर्दा प्राथमिक तहका विद्यार्थीले पुस्तक पाएनन्

हुम्ला २३ फागुन । हुम्लामा गाउँपालिकाको कार्यालयलले रकम निकासा नगर्दा प्राथमिक तहको कक्षा १ देखी ५ सम्मका पाठ्यपुस्तक किन्न समस्या भएको छ ।
पौष महिनामा नै हरेक विद्यालयको खातामा पाठ्यपुस्तकको रकम निकासा गर्नु पर्नेमा मध्य फागुनसम्म पनि रकम निकासा नुहँदा यस्तो समस्या भएको हो ।
सरकारले प्राथमिक तहको पाठ्यपुस्तक विद्यालयले खरिद गरी निःशूल्क वितरण गर्ने प्रावधान भएता पनि हाल बालबालिकाहरुले पुस्तक पाउन सकिरहेका छैनन् । नयाँ शैक्षिक शत्र सुरु भएको १ हप्ता बढी वित्यो । तर, विद्यार्थीले पाठ्यपुस्तक सहज रुपमा पाउन सकिरहेका छैनन् । हुम्लालगायत कर्णालीका जिल्लामा मंसिरमा शैक्षिक सत्र अन्त्य हुने र फागुनबाट सुरु हुनुपर्नेमा हाल विद्यालय खुलेता पनि विद्यार्थीले पाठ्पुस्तक नपाउँदा पठन–पाठनमाका लागि असहजता भएको हो ।
जिल्ला शिक्षा कार्यलय, हुम्लाले पाठ्यपुस्तक ढुवानीको लागि ३ जना एजेन्टमार्फत कामकारबाही अगाडि बढाए एता पनि हाल सिमिकोट र नाम्खा गाउँपालिकाको लागि मात्र रोकाया पुस्तकले पाठ्यपुस्तकको विक्रि वितरण गरिरहेको छ । जिल्लाको दक्षिणी भागको अदानचली, ताँजाकोट, सर्केगाड, चंखेलीका विद्यार्थीको लाििग सोही ठाउँबाट पाठ्यपुस्तक उपलब्ध गराउनको लागि स्थानिय पुस्तक एजेण्ट मानदेव शाही र लोकेन्द्र रावतलाई जिम्मा दिएको भएता पनि पुस्तक ढुवानी नगरेको भन्दै त्यहाँका स्थानीहरुले आरोप लगाएका छन् ।
उच्च हिमाली भेगमा हिउँको कारण दक्षिणी भेगेको कर्णालीको तिरै तिर हिँडेर पुस्तक किन्नको लागि ६ दिन लागेको मदानादेव माविका कक्षा ८ मा अध्ययनरत सविता बुढाले बताए । ‘मने लेकमा हिउँ छ, चिसोमा लेक लाग्ने जोखिम हुन्छ, चिप्लने डर पनि उत्तिकै छ, किताव किन्नकै लागि ज्यान जोखिममा राखेर साथीहरुसँग सिमिकोट आए,’ उनले भने । त्यस्तै गरी कोट मावि रोडिकोटका रामबहादुर रोकायले आफुहरुले ३ घण्टाको दुरीमा रहेको सर्केगाडबाट किताब किन्न पाउने शिक्षा कार्यलयले व्यवस्था गरेको भएता पनि हाल ४ दिनको बाटो लगाएर किताब किन्न आएको बताउनु भयो । सरकारले किताव ल्याउनको लागि स्थानीय व्यापारीलाई जिम्मा दिएको थाहा पाएका थियौं । फागुन ३ गतेबाट विद्यालय खुलिसक्यो, पढाई छुट्ला कि भनेर ४ दिनको पेदल हिँडेर सिमिकोट किताव किन्न आयौँ,’ उनले भने ।
किताव बेच्ने जिम्मा पाएका एजेण्ट मध्ये हाल सिमिकोटमा रहेको रोकाया पुस्तक पसलले मात्र पुस्तक जिल्लामा ढुवानी गरेको छ । सिमिकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाको विद्यालयको लागि मात्र आफूले जिम्मा पाएको भएता पनि जिल्ला भरीका विद्यार्थीको लागि किताब बेच्नु परेको रोकाया पुस्तक पसलका सञ्चालक धनजवा रोकायाले बताउनु भयो।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












