उद्योगमा औद्योगिक सुरक्षा स्टिकर
चितवन, २५ फागुन । उद्योगको सुरक्षा र औद्योगिक वातावरणका लागि सुरक्षा स्टिकर टाँस्न शुरु गरिएको छ ।
चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा चितवन र नवलपुरका ठूला उद्योगमा औद्योगिक सुरक्षा स्टिकर टाँस्ने अभियान शुरु गरेको हो ।
बिहीबार रत्ननगरबाट शुरु भएको सो अभियानअन्तर्गत आज भरतपुर महानगरपालिकाका विभिन्न उद्योगमा स्टिकर टाँसिएको छ । आज एक कार्यक्रमकाबीच भरतपुर महानगपालिकाकी प्रमुख रेणु दाहालले बोटलर्स नेपाल तराई लिमिटेड भरतपुरको उद्योगमा स्टिकर टाँसेर महानगरका उद्योगमा स्टिकर टाँस्ने अभियानको शुभारम्भ गर्नुभयो ।
नगर प्रमुख दाहालले महानगरभित्र निर्वाद रुपमा उद्योगधन्दा सञ्चालन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो । बन्द, हडताल र आन्दोलनका कारण निर्वाद रुपमा सञ्चालन हुननसकेका उद्योग, कलकारखाना फस्टाउन नसकेको उहाँको भनाइ छ ।
यस्तै, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रहरी उपरीक्षक सुवर्ण थापाले राज्यले उद्योग कलकारखानाको सुरक्षाको जिम्मा दिएकाले त्यो जिम्मेवार पूरा गर्न तयार रहेको बताउनुभयो । आगामी दिनमा सुरक्षा व्यवस्था अझै चुस्त पारिने उहाँले प्रतिबद्धता जनाउनुभयो । जनशक्ति कम भए पनि औद्योगिक सुरक्षामा प्रतिबद्ध भएर लाग्ने थापा बताउनुहुनछ ।
उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले पहिलो चरणअन्तर्गत चितवन र नवलपुरका करिब पाँच सय ठूला उद्योगमा स्टिकर टाँसिने बताउनुभयो । ठूला उद्योगमा स्टिकर टाँसेपछि साना–ठूला सबै उद्योग तथा कारखानामा स्टिकर टाँस्ने योजना छ । बिहीबार मात्रै पूर्वी चितवनका ३२ वटा ठूला उद्योगमा स्टिकर टाँसिएको छ । स्टिकरमा ‘सेवा, सुरक्षा सहयोग र उद्धारका लागि सशस्त्र प्रहरी बल’ नारा लेखिएको छ । विभिन्न क्षेत्रका सशस्त्र प्रहरी बलको फोन नम्बरसमेत त्यसमा राखिएको छ ।
विपत् व्यवस्थापन तालीम केन्द्र कुरिनटार, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भण्डारा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासी, औद्योगिक सुरक्षा बेस दलदले, सुरक्षा बेस मुकुन्दपुरको फोन नम्बर स्टिकरमा उल्लेख गरिएको छ । कुनै पनि उद्योगमा समस्या आएमा तत्काल सशस्त्र प्रहरीलाई खबर गर्न सकिने छ । (रासस)
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











