उद्योगमा औद्योगिक सुरक्षा स्टिकर
चितवन, २५ फागुन । उद्योगको सुरक्षा र औद्योगिक वातावरणका लागि सुरक्षा स्टिकर टाँस्न शुरु गरिएको छ ।
चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा चितवन र नवलपुरका ठूला उद्योगमा औद्योगिक सुरक्षा स्टिकर टाँस्ने अभियान शुरु गरेको हो ।
बिहीबार रत्ननगरबाट शुरु भएको सो अभियानअन्तर्गत आज भरतपुर महानगरपालिकाका विभिन्न उद्योगमा स्टिकर टाँसिएको छ । आज एक कार्यक्रमकाबीच भरतपुर महानगपालिकाकी प्रमुख रेणु दाहालले बोटलर्स नेपाल तराई लिमिटेड भरतपुरको उद्योगमा स्टिकर टाँसेर महानगरका उद्योगमा स्टिकर टाँस्ने अभियानको शुभारम्भ गर्नुभयो ।
नगर प्रमुख दाहालले महानगरभित्र निर्वाद रुपमा उद्योगधन्दा सञ्चालन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो । बन्द, हडताल र आन्दोलनका कारण निर्वाद रुपमा सञ्चालन हुननसकेका उद्योग, कलकारखाना फस्टाउन नसकेको उहाँको भनाइ छ ।
यस्तै, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रहरी उपरीक्षक सुवर्ण थापाले राज्यले उद्योग कलकारखानाको सुरक्षाको जिम्मा दिएकाले त्यो जिम्मेवार पूरा गर्न तयार रहेको बताउनुभयो । आगामी दिनमा सुरक्षा व्यवस्था अझै चुस्त पारिने उहाँले प्रतिबद्धता जनाउनुभयो । जनशक्ति कम भए पनि औद्योगिक सुरक्षामा प्रतिबद्ध भएर लाग्ने थापा बताउनुहुनछ ।
उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले पहिलो चरणअन्तर्गत चितवन र नवलपुरका करिब पाँच सय ठूला उद्योगमा स्टिकर टाँसिने बताउनुभयो । ठूला उद्योगमा स्टिकर टाँसेपछि साना–ठूला सबै उद्योग तथा कारखानामा स्टिकर टाँस्ने योजना छ । बिहीबार मात्रै पूर्वी चितवनका ३२ वटा ठूला उद्योगमा स्टिकर टाँसिएको छ । स्टिकरमा ‘सेवा, सुरक्षा सहयोग र उद्धारका लागि सशस्त्र प्रहरी बल’ नारा लेखिएको छ । विभिन्न क्षेत्रका सशस्त्र प्रहरी बलको फोन नम्बरसमेत त्यसमा राखिएको छ ।
विपत् व्यवस्थापन तालीम केन्द्र कुरिनटार, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भण्डारा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासी, औद्योगिक सुरक्षा बेस दलदले, सुरक्षा बेस मुकुन्दपुरको फोन नम्बर स्टिकरमा उल्लेख गरिएको छ । कुनै पनि उद्योगमा समस्या आएमा तत्काल सशस्त्र प्रहरीलाई खबर गर्न सकिने छ । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












