बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो
कपिलवस्तु २५ फागुन । पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारांै संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तथा अन्य हिन्दू लुम्बिनी पुग्छन् । तर, नजिकको तीर्थ हेला भने झैं शाक्यमुनि बुद्धजत्तिकै महत्वका अन्य दुई बुद्ध (क्रकुछन्द र कनकमुनि) को जन्मस्थलको चर्चा र महिमा अझैसम्म ओझेलमा परेको छ ।
इशापूर्व छैठांै शताब्दीमा शान्तिका दूत भगवान गौतम बुद्धको जन्म भएको थियो । बौद्ध साहित्यमा विश्वमा जम्मा २८ वटा बुद्धमध्ये तीन बुद्धको जन्म नेपालमा भएको विश्वास गरिन्छ । पहिलो क्रकुछन्द बुद्धको गोटिहवा, कनकमुनि बुद्धको निग्लिहवा र शाक्यमुनि गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो । लुम्बिनीको जस्तो प्रचारप्रसार हुन नसकेका कारण अन्य बुद्धका पवित्र जन्मस्थलमा पर्यटक कम पुग्ने गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेत बताउनुहुन्छ ।
बौद्ध साहित्यमा उल्लेख भएअनुसार अहिलेको महाभद्रकल्पमा पाँचवटा बुद्ध रहेका थिए । तीमध्ये पहिलो क्रकुछन्द, दोस्रो कनकमुनि तेस्रो काश्यप (भारतको बनारस), चौंथो शाक्यमुनि बुद्ध लुम्बिनी र भविष्यमा पूरा हुने महाभद्रकालमा पाँचांै मैत्रयनाथ बुद्ध आउने विश्वास गरिएको छ ।
स्थानीय पथप्रदर्शक राज जैसवालका अनुसार आवश्यक प्रचारको अभावले लुम्बिनीको तुलनामा दुई बुद्ध ओझेलमा परेका छन् । त्यहाँ पर्यटक कमै मात्रामा पुग्छन् । शाक्यमुनिले जस्तो अन्यले ज्ञान प्राप्त गरेर पनि ज्ञान नबाँढेकाले प्रचारमा नआएको जैसवालको भनाइ छ । शाक्यमुनिले २९ वर्षको उमेरमा तिलौराकोटबाट निस्केर भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्नुभयो र कुशीनगरमा देहत्याग भएको थियो ।
लुम्बिनीमा पर्यटक बढाउन भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ । सरकारले लुम्बिनीमा वार्षिक १० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिएको छ ।
नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्युत गुरागार्इं लुम्बिनीमा सरसफाइ तथा सूचना व्यवस्थापन प्रभावकारी नहुँदा अपेक्षित पर्यटक पुग्न नसकेको बताउनुहुन्छ ।
कोषको विवरणअनुसार सन् २०१७ मा स्वदेशी तथा विदेशी गरी लुम्बिनीमा १६ लाख पर्यटकले भ्रमण गरेका थिए । जसमध्ये एक लाख ४५ हजारको हाराहारीमा विदेशी पर्यटक छन्, भने बाँकी नेपाली हुन् । सन् २०१४ मा १५ लाख लुम्बिनी पुगेका थिए । लुम्बिनीमा श्रीलंका, चीन, म्यानमार, बर्मा, थाइल्याण्ड, कम्बोडिया, लाओस्, भियतनामलगायत देशबाट बढी पर्यटक आउने गर्छन् ।
पर्यटकको बसाइँ लम्ब्याउन बुद्ध परिपथ अभियान
औसत पर्यटक लुम्बिनी र केही तिलौराकोटको भ्रमण गरेर मात्र फर्कने गर्दछन् । उत्तिकै महत्वको गोटिहवा, निग्लिहवा, रामग्रामलगायत क्षेत्र चर्चामा छैनन् । तीनै पवित्र स्थलको समान प्रचार गर्ने र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले बुद्ध परिपथ (बुद्धिस्ट सर्किट) का अभियन्ता विक्रम पाँडे ‘काजी’ ले बुद्धिस्ट सर्किट अभियान शुरु गर्नुभएको छ ।
पर्यटन व्यवसायी पाँडेका अनुसार दुई सर्किट आन्तरिक र अन्तरदेशीय छन् । पहिलो लुम्बिनीबाट कुदान, गोटिहवा, बुद्धगंगा (वाणगंगा), कपिलवस्तु किल्ला, तिलौराकोट दरबारको पश्चिम द्वार, बुद्ध दरबारबाट निस्केको पूर्वी द्वार, मायादेवी सुत्केरी भएको बाटो, निग्लिहवा, कनकमुनि बुद्धको मातृभूमि अरोराकोट र रामग्राथ तथा काठमाडौँको स्वयम्भू, बौद्धनाथ र काभ्रेको नवबुद्धसम्मको रहेको छ ।
त्यस्तै दोस्रो सर्किटमा लुम्बिनी, भारतको बोधगया, सारनाथ र कुशीनगरसम्मको हुनेछ । आन्तरिक सर्किटबारे जानकारी गराउन हालै स्वदेशी तथा विदेशी मिडियाका पत्रकारलाई स्थलगत अवलोकन भ्रमण गराइएको थियो ।
कपिलवस्तु नगरपालिकाले पनि स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण शुरु गरेको छ । नगर प्रमुख किरण सिंहले पहिलो चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निग्लिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्चालन गरिने बताउनुभयो ।
ओझेलमा परेको गोटिहवा (क्रकुछन्द बुद्ध)
शाक्यमुनि गौतमवुद्धको जन्मस्थल लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्ध प्राप्ति गरेपश्चात पहिलोपटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ । इपूको तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए ।
कुदान (प्राचीन निग्रोधारामा)
कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि तीनसय भिक्षुका साथ आएर उपदेश दिनुभएको थियो । यस पवित्र धार्मिक स्थलमा हाल तीनवटा स्तुप, एक पोखरी र एक इनार रहेका छन् ।
निग्लिहवा (कनकमुनि बुद्ध)
कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर दूरीमा पर्ने निग्लिहवा शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । जहाँ सम्राट अशोकले शिला निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ ।
तिलौराकोट
तौलिहवाबाट तीन किमीको यात्रापछि तिलौराकोट पुगिन्छ । तिलौराकोट दरबारको भग्नावशेष छ । यहाँ विगत छ वर्षदेखि विभिन्न अनुसन्धान तथा उत्खननको कार्य भइरहेको छ । कोषका सदस्य–सचिव बस्नेतका अनुसार अहिले कपिलवस्तुमा उत्खननको कार्य सञ्चालन भइरहेको छ । तिलौराकोट, रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारले युनेस्कोलाई प्रस्ताव गरेको कोषले जनाएको छ ।
लुम्बिनी
एक हजार १५५ बिघा क्षेत्रफलमा फैलिएको लुम्बिनीभित्रका सातवटा गाउँलाई तत्कालीन राज वीरेन्द्रका पालामा सरकारले परिवारलाई मुआब्जा दिएर एउटै क्षेत्र बनाएको थियो । सन् १९६७ मा एक जापानी नागरिक केन्जो टाँगेले गुरुयोजना तयार पारी तीनवटा क्षेत्र सेक्रेट गार्डेन, स्तुप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले बुद्धको आकर्षक स्तुप बनाएका छन् । (रासस)
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...












