एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी
काठमाण्डौ २५ फागुन । मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ ।
भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आपूmले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उहाँले गर्नुभएको छ ।
मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौ सम्मेलनको आज यहाँँ उद्घाटन गर्दै जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपालका सबै तह र तप्काका नागरिकले स्वदेश मै उपचार गर्ने प्रण गर्ने निजी क्षेत्रलाई निषेध होइन प्रवद्र्धन तथा देशलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सिा सेवाको केन्द्र विन्दुका रुपमा स्थापित गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिनुभयो ।
सुधारका योजना दीर्घकालीन दृष्टिकोण, नवीनतायुक्त प्रस्ताव र सुझाव सरकारलाई प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै मन्त्री पण्डितले भन्नुभयो, “सरकारी अस्पतालबाट भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ।”
समृद्धितर्फ लम्कने राष्ट्रिय अठोट पूरा गर्न समाजका सबै वर्गबाट सहयोग हुनुपर्ने वास्तविकता औल्याउँदै उहाँले अबदेखि भ्रूणको लिंग पहिचान नगर्ने प्रतिबद्धता पनि चिकित्सकहरुबाट व्यक्त हुनैपर्छ भन्नुभयो ।
समाजका अध्यक्ष प्राडा मणिन्द्र रञ्जन बरालले मातृशिशु कक्ष देशका सबै अस्पतालमा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै मातृशिशुको उचित संरक्षण नगरेसम्म कुनै पनि राष्ट्रको भविष्य सुनिश्चि नहुने यथार्थ सुनाउनुभयो । उहाँले गर्भवति र नवजात शिशुको स्वास्थ्य सेवामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा मातृशिशु स्वास्थ्यको क्षेत्रमा चिकित्सा क्षेत्रमा भएका नवीनतम् उपलव्धि, नेपाली माता र शिशुले जन्मपछिका बाल्य अवस्थामा झेल्नुपरेका समस्या लगायत विषयमा गहन विचार विमर्श हुनेछ । (रासस)
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












