अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा
पोखरा, २८ फागुन । पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै फड्को मारिसकेको छ ।
पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा टेनिस खेलका लागि कोर्ट बनेसँगै त्यसयता पोखराले यस खेलमा थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गरिसकेको छ ।
पछिल्लो समयमा निजीस्तरबाट पोखरामा टेनिस कोर्ट बन्ने क्रमले गति लिएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ बताउनुहुन्छ ।
“पृथ्वीनारायण क्याम्पसका संस्थापक जर्ज जोन र रञ्जित गुरुङको सक्रियतामा उक्त कोर्ट निर्माणसँगै पोखरामा टेनिस खेलले गति लिएको हो”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा भएका विभिन्न प्रतियोगितासँगै कुमार अधिकारी, अभिषेक बास्तोलाजस्ता अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन सक्ने खेलाडी यहीँबाट तयार भए ।” उहाँका अनुसार कुमार अधिकारी हाल टेनिस खेलमा नै संलग्न रही माल्दिभ्समा हुनुहुन्छ भने अभिषेक बास्तोला अमेरिकामा हुनुहुन्छ ।
पोखरामा भएको टेनिसको विकाससँगै राष्ट्रियस्तरमा छ÷सात वर्षअघि गंगा शर्मा पहिलो नम्बरको खेलाडी बनेको जानकारी दिँदै उहाँले प्रदीप शर्मा चौथो नम्बर एवं अनिल शाही उत्कृष्ट १० जनामा पर्नुभएको बताउनुभयो ।
पोखरामा टेनिसको भौतिक पूर्वाधार निर्माण पनि विकासको क्रममा रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पोखरा रङ्गशालाभित्रको लगभग २० रोपनी क्षेत्रफलको जग्गामा हाल पाँचवटा क्ले कोर्ट बनिसकेको छ भने दुईवटा कोर्ट बन्ने तयारीमा छ ।”
अब बन्ने दुईमध्ये एउटा हार्ड कोर्ट र अर्को क्ले कोर्ट हुने कायस्थले जानकारी दिनुभयो । पोखरामा निजीस्तरबाट पनि टेनिस कोर्ट निर्माणमा धेरै लगानी भएको उहाँले बताउनुभयो ।
निजीस्तरबाट सञ्चालित कोर्टमध्ये चाउथेस्थित बिएनबी टेनिस कोर्ट, लेकसाइडस्थित गुरुङ भिलेज टेनिस कोर्ट, तेर्सापट्टीस्थित रत्नश्री टेनिस कोर्ट, घारीपाटनस्थित पोखरा होम्स टेनिस कोर्ट यहाँका महत्वपूर्ण टेनिस कोर्ट हुन् ।
त्यस्तै पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनमा सशस्त्र प्रहरी बल कालिका गणमा पनि सुविधा सम्पन्न टेनिस कोर्ट रहेको छ ।
पोखरामा टेनिसमा राष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्न सक्ने लगभग १५० जना खेलाडी छन् भने भेट्रान्सतर्फ पनि धेरै संख्यामा खेलाडी रहेका छन् ।पोखरामा टेनिस खेलले राम्रै सफलता हासिल गर्दै अघि बढेको खेलकूद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछाने बताउनुहुन्छ ।
“पछिल्ला समयमा पोखराले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी तयार गरेको छ”, उहाँले भन्नुभयो, “टेनिस खेलप्रेमीले यसका गतिविधिलाई अघि बढाउन व्यक्तिगत रुपमा आफ्नो व्यावसायिक प्रतिष्ठानबाट प्रतियोगितासमेत आयोजना गर्न थालेका छन् ।”
पोखरामा आयोजना हुने गरेका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताले समग्र पोखराको गरिमा र महत्वलाई बढाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पोखरामा एक वर्षअघि मात्र सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल सम्पन्न भएको थियो भने आइटिएफको सर्किट १ र २ पोखरामा नै सम्पन्न भएको थियो ।
माछापुच्छ«े पोखरा भेट्रान्स राष्ट्रिय प्रतियोगिता पोखराले सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो । पोखराको रमणीय वातावरणका कारण पनि यो टेनिस खेलका लागि उत्कृष्टस्थल भएको टेनिस खेलका प्रशिक्षक नीरज थापा बताउनुहुन्छ ।
“पछिल्लो समयमा पोखरामा टेनिस खेलप्रति निकै आकर्षण बढेको छ”, विगत १५ वर्षयता टेनिसमा प्रशिक्षण दिँदै आउनुभएका थापाले भन्नुभयो, “विस्तारै पूर्वाधार निर्माणको क्रम पनि बढेका कारण यहाँ टेनिसका सम्भावना अझै बढेर गएका छन् ।”
नेपालमा हुने आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गर्दै पोखरा रङ्गशाला परिसरमा रु तीन करोड ५० लाखको लागतमा एक÷एक वटा हार्ड कोर्ट र क्ले कोर्ट बन्न लागेको कास्की जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।
“पोखरा रङ्गशालाभित्र अब बन्ने हार्ड कोर्ट र क्ले कोर्ट प्याराफिटसहितका सुविधासम्पन्न पूर्वाधार युक्त हुनेछन्”, उहाँले भन्नुभयो, “सन् २०१९ मा हुने सागमा खेलाइने खेलमध्ये टेनिस पनि पोखरामा खेलाउने तयारी भएका कारण निर्माण कार्य शुरु गराउन आवश्यक पहल भइरहेको छ ।”
पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने सरकारको पनि प्राथमिकता रहेको अवस्थामा दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल पोखरामा गराउने चर्चाले यतिखेर पोखरेली टेनिसप्रेमी हर्षित बनेका छन् । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












