महांकाल सडक निर्माणमा ढिलाई

काठमाण्डौ , महांकाल २९ फागुन । महांकाल, पानीट्याङकी सडक निर्मानको काम ढिलाई भएको छ ।
वषौँ विति सक्दा पनि अझै त्यहाँको रोड बन्न सकिरहेको छैन ।
चावहिल चोक हुदै पासाङ ल्हामुको शालिक चुच्चे पाटी देखि छुटिएर महांकाल, रामहिटी, तिनचुल्ली आरुबारी हुदै मेडिकल कलेज निस्किने रोड हो । अरु ठाउमा पिच भैसके पनि महांकाल स्थित ५० मिटर जति सडक निर्माणकार्य ढिला भएको छ ।
यस रोडमा धेरै मात्रमा ट्याम्पु , बस लगायत अन्या साधनहरु आवतजावत गर्ने गर्दछ । त्यहाँको सडक निर्माणको अवस्था हेर्दा, आज हे¥यो पाइप हालेर पानी निकाल्ने जस्तो गर्ने र त्यसको भोलिपल्ट हे¥यो पुरै पानी जम्ने फेरी त्यस्तै गरी काम गर्ने गर्दा गर्दे बषौ वितिसकेको छ ।
सडक निर्माणको लागि कालिका जे वी कम्पनिले ठेग्गा लिएको थियो । सडक निर्मान हुन नसक्दा त्यहाँका स्थानीय, गाडि चालक, लगायत यात्रुहरुले विभिन्न कठिनाइ भोग्नु पर्ने बाध्य छ ।
वषौ वितिसक्दा पनि अहिले सम्म त्यहाँको काम नसकिदा सरकार र निर्माण कम्पनीले चासो नलिएको स्थानीय बासीहरुको गुनासो छ ।
कालिका जे वि कम्पनिले अहिले प्रेसर टेस्ट भइरहेको र अवको १५, २० दिनमा सकिने बताएको छ ।

फागुन २४ गते महांकाल सडकमा पल्टिएको ट्याम्पु तश्विर ः बाबुराम न्या्ैपाने
एक स्थानीयबासी बाबुराम न्यौपानेले भने “ अहिले सम्म पनि यो सडक नबन्दा हामीले धेरै दु ःख खेप्नु प¥यो, यही सडकले गर्दा हाम्रो ब्यापारमा घाटा भएको छ, यो कम्पनिको चरम लापारबाहीको कारण सडक निर्माण हुन सकेको छैन्, यही सडक नबन्दा २४ गते ट्याम्पु पनि पल्टियो ।” ट्याम्पु चालिका प्रमिला थापा भन्छिन “हामीले कस्लाई भन्ने, कस्ले बुझिदिने, यो सडक निर्माण नहुदा हामिलाई गाडी चलाउनको लागि धेरै गाह्रो भएको छ, ग्राबेल मात्र लगाईदिए पनि सजिलो हुन्थ्यो ।” सडक निर्माण गर्न नसके अरु कम्पनिलाई नै दिनु पर्ने उहाँले बताउनु भयो । त्यस्तै गरी अर्को ट्याम्पु चालक पूर्ण बहादुर थापाले त्यहाको बाटोको समस्यले गर्दा धेरै गाडिहरु त्यही ठाउमा विग्रिने गरेको बताउनु भयो ।
मेलम्ची खानेपानीले पनि असर पु¥याएको कारण चाडो भन्दा चाडो सरकारका अधिनमा रहेर ठेग्गा लिने कम्पनि र मेलम्ची खानेपानीको संयुक्त प्रयासले काम सम्पन्न गर्नु पर्ने स्थानीयबासीहरुको माग रहेको छ । त्यहाँ मात्र नभइ अन्य अधिकांश ठाउँहरुमा मेलम्ची खानेपानीले गर्दा अझै सडक निर्माण हुन सकेको छैन । यसमा सरकारको विशेष ध्यान जानु पर्ने आवश्यक देखिन्छ ।
तश्विर ः श्याम राई
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












