खानेपानीको चरम समस्यापछि कुवामा ताल्चा
बैतडी, ३० फागुन खानेपानीको चरम समस्याबाट पीडित बैतडी पाटन नगरपालिका– ५ कनेडामाका बासिन्दाले कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालेका छन् ।
गाउँमा रहेको कुवामा पानी सुक्दै गएपछि कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालिएको स्थानीयवासी द्रोपती ठगुन्नाले बताउनुभयो । उहाँले भन्नुभयो, “कुवामा भएको पानी कसैले अनावश्यक रुपमा प्रयोग गर्न नपाओस् भनेर ताल्चा लगाउने गरेको हो”
गाउँमा भएको कुवामा पानी सुक्दै गएपछि सरसफाइ र गाईभैँसीका लागि भने खोलाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीयवासी वसन्ती ठगुन्नाले बताउनुभयो ।
पानीको अभावमा शौचालयको प्रयोग गर्न नसकिएको तथा गाईभँैसीलाई पानी खुवाउन र सरसफाइका लागि खोला जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
गाउँमा खानेपानी नहुँदा पानीका लागि भौतारिनुपर्ने अवस्था रहेको स्थानीयवासी हरिसिंह ठगुन्नाले बताउनुभयो । गाउँमा दुईवटा कुवा रहेका र दुबैमा पानी सुक्दै गएपछि स्थानीयवासीले ताल्चा लगाएर खानेपानी संरक्षण गर्ने गरेको पाटन नगरपालिका–५ का प्राविधिक सहायक वीरसिंह ठगुन्नाले बताउनुभयो ।
‘ पानीको स्रोतको पहिचान गरी गाउँमा खानेपानी पु¥याउनका लागि पहल गर्न वडा कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरिसकेको समेत उहाँले बताउनुभयो । हिउँद शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा खानेपानीको समस्या हुन थालेको छ । गाउँमा भएका कुवा तथा इनार सुक्दै गएपछि खानेपानीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकअनुसार ८० प्रतिशत नागरिकको खानेपानीमा पहुँच छ । तर अधिकांश बस्तीमा हिउँद शुरु भएसँगै खानेपानीको समस्या देखिन थालेको छ । (रासस)
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











