यूएस बंगला विमानका चालकले काठमाडौं उड्नुअघि नै दिएका थिए राजीनामा
एजेन्सी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नु अघि राजीनामा बुझाएको खुलेको छ ।
बंगलादेशी सञ्चारमाध्यममा प्रकाशित समाचारमा उनले उडान भर्नुअघि ईमेलमार्फत यूएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएको उल्लेख गरिएको छ ।
‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथी प्रोथुम अलोले भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’
अविड र सह(पाइलट प्रिथुला रसिदसहित ४९ जनाको दुर्घटनामा मृत्यु भएको थियो । यूएस बंगला एयरलाइन्सका जनसम्पर्क अधिकारी क्यामरुल इस्लामले भने आफूलाई राजीनामा पत्रबारे कुनै जानकारी नभएको बताएका छन् ।
अविडका एक जना साथीले भनेका छन्, ‘यूएस बंगला एयरलाइन्सका एक जना उच्च अधिकारीले दुई महिनाअघि राजीनामा दिएर इथियोपियन एयरलाइन्समा काम गर्न थालेका थिए । उनीसँग अविड पनि नजिक भएकाले त्यस विमानमा अविड पनि काम गर्ने योजनामा थिए ।’
‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथी प्रोथुम अलोले भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’
अविडको नजिकका पाइलटहरुले उनले राजीनामा दिइसकेपछि पनि विमान उडाउन लगाउनु नैतिक रुपमा पनि राम्रो नभएको बताएका छन् । यद्यपि, विमान दुर्घटनाको आधिकारिक कारण जान्नलाई थप अनुसन्धान जरुरी रहेको उनीहरुको भनाइ छ ।
उनीहरुले ब्ल्याक बक्सले त्यसको अनुसन्धान गर्न मुख्य भूमिका खेल्ने बताएका छन् । ब्ल्याक बक्सले विमान चालक र एयरपोर्टको कन्ट्रोल रुममा भएको कुराकानीलाई रेकर्ड गर्ने काम गर्छ ।
सन् २०१५ मे ६ मा अविडले यूएस बंगलामा काम गर्न थालेका थिए । उनी यूएस बंगला (८ क्यू ४०० नम्बरको विमानको चालक दलको सदस्यमध्येका प्रमुख थिए ।
बंगलादेशी वायु सेवामा सन् १९८४ मा प्रवेश गरेका उनी विमान चालकको प्रशिक्षक पनि थिए ।
उनको बंगलादेशको उत्तरामा घर छ, जहाँ उनको श्रीमती र छोरासँग बस्थे । सञ्चारमाध्यमहरुले उनकी श्रीमतीसँग कुरा गर्न खोजे पनि उनी बोल्न चाहिनन् ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











