सुत्केरी र वृद्धवृद्धालाई थप एक हजार भत्ता
तेह्रथुम, २ चैत। मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ ।
सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप रु एक हजार तथा यातायात खर्चबापत रु चार सय उपलब्ध गराउँदै आएको छ ।
त्यसबाहेक स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने मोराहाङका महिलालाई थप रु एक हजार तथा श्रीजुङ र पौठाकका महिलालाई थप रु एक हजार ५०० यातायात खर्च गाउँपालिकाले उपलब्ध गराउने भएको हो ।
पहिलो गाउँसभाबाट मातृ तथा शिशु मृत्युदर कम गर्न तथा स्वास्थ्य संस्थाको पहुँच वृद्धि गर्न गाउँपालिकाले यस्तो नीति लिएको गाउँपालिकाका उपाध्यक्ष गीता गौतमले बताउनुभयो । गाउँपालिकाले ८५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई सम्मानस्वरुप वार्षिक रु एक हजार उपलब्ध गराउने निर्णय समेत गरेको छ । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













