बाटो खुलेको बीस वर्षपछि स्तरोन्नति शुरु
बाबियाचौर, म्याग्दी, ४ चैत। बाटो खुलेको २० वर्षपछि जलजला गाउँपालिकाको मोहनचोकदेखि मल्लाज जोड्ने सडक स्तरोन्नतिको काम शुरु भएको छ ।
बेनी–मालढुंगा सडकको मोहनचोक खण्डदेखि मल्लाजको कोटघर जोड्ने आठ किमी दूरीको सडक फराकिलो र नाली बनाउने काम शुरु भएको ४ नं वडाध्यक्ष भीष्म मल्लले जानकारी दिए ।
चालु आर्थिक वर्षमा उक्त योजनाका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको छ । हाल साढे तीन मिटर चाक्लो रहेको सडक कम्तीमा सात मिटर फराकिलो बनाउनाका साथै नालीसमेत निर्माण गरिने अध्यक्ष मल्लले बताए । “ग्याबिन र पक्की पर्खाल निर्माणको काम भइरहेको छ”, उनले भने । उपभोक्ता समितिमार्फत दुई कार्यक्रमबाट सडक स्तरोन्नति आयोजना सञ्चालन हुनेछ । विसं २०५४ मा बाटो खुलेको मोहनचोक मल्लाज सडक सामान्य मर्मतका भरमा सञ्चालन हँदै आएको थियो ।
सो आयोजनाबाट जलजला गाउँपालिका वडा नं १, २, ३, ४ र ५ नंमा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका साथै अन्नपूर्ण गाउँपालिका– ८ राम्चेका बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिका सचिव नवीन जिसीले बताए ।
यसैगरी जलजला– ४ को पाल्सिङदेखि खोलाखेत जोड्ने एक किमी १०० मि सडकको बाटो खोल्ने काम सकिएको छ । चार नं वडाकै फड्केढुंगा पिडाल्ना हुँदै लेकफाँट रात्माता जोड्ने सडकको अरजेटको भीरमा बाटो खन्ने काम भइरहेको छ । सो योजनाका लागि गाउँपालिकाले यस वर्ष रु ४५ लाख विनियोजन गरेको वडा सदस्य हरिबहादुर कार्कीले बताएका छन् ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले गाउँपालिकाले बजेट विनियोजन गरेका ३० मध्ये २९ योजनाको सम्झौता भइसकेको जानकारी दिनुभयो । आठ र ९ नं वडामै पुगेर योजना सम्झौता गरिएको जानकारी दिँदै उहाँले अन्य वडाका योजनासमेत कार्यान्वनको चरणमा रहेको बताए ।
असी प्रतिशत योजना सम्झौता भएको छ । चालु आवमा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि करीव रु १२ करोड ९५ लाख बजेट विनियोजन भएकामा नौ महिनाका अवधिमा पूँजीगततर्फको ३५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए ।
बेनी अस्पतालको उपचार कक्ष भवन
सदरमुकाममा रहेको बेनी अस्पतालमा करीव रु एक करोडको लागतमा २६ शय्या क्षमताको उपचार कक्ष भवन निर्माण भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पताल विकास समितिको रु ८७ लाखको लागतमा अन्तरंग विभागको भवन निर्माण भएको हो । पचास शय्या क्षमताको नयाँ भवन निर्माणका लागि अस्पतालको अन्तरंग विभागको पुरानो भवन भत्काइएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले करीव छ महिनादेखि जनस्वास्थ्य कार्यालयको भूइँतलाबाट सञ्चालन हुदै आएको अन्तरंग विभागलाई शुक्रबारदेखि नयाँ भवनमा स्थानान्तरण गरिएको बताए ।
मन्त्रालयको रु ७३ लाख र अस्पतालको रु १४ लाखकोे लगानीमा निर्माण भएको एक एकतले पक्की भवनमा २६ शय्या छन् । अन्तरंग, शल्यक्रिया, प्रसूति, गर्भपतन, सुत्केरी र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै कोठामा शय्याको व्यवस्था गरिएको अस्पतालका निमित्त प्रमुख डा विराट् शर्माले बताए ।
नयाँ भवन बनेपछि काम गर्न सजिलो र बिरामीलाई सहज रुपमा उपचार सेवा दिन सकिने डा शर्माले बताउनुभयो । बेनी अस्पतालमा गत मंसिरदेखि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत करीव रु १८ करोड ८४ लाखको लागतमा पचास शय्या क्षमताको भवन निर्माण शुरु भएको थियो ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...













