बाटो खुलेको बीस वर्षपछि स्तरोन्नति शुरु
बाबियाचौर, म्याग्दी, ४ चैत। बाटो खुलेको २० वर्षपछि जलजला गाउँपालिकाको मोहनचोकदेखि मल्लाज जोड्ने सडक स्तरोन्नतिको काम शुरु भएको छ ।
बेनी–मालढुंगा सडकको मोहनचोक खण्डदेखि मल्लाजको कोटघर जोड्ने आठ किमी दूरीको सडक फराकिलो र नाली बनाउने काम शुरु भएको ४ नं वडाध्यक्ष भीष्म मल्लले जानकारी दिए ।
चालु आर्थिक वर्षमा उक्त योजनाका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको छ । हाल साढे तीन मिटर चाक्लो रहेको सडक कम्तीमा सात मिटर फराकिलो बनाउनाका साथै नालीसमेत निर्माण गरिने अध्यक्ष मल्लले बताए । “ग्याबिन र पक्की पर्खाल निर्माणको काम भइरहेको छ”, उनले भने । उपभोक्ता समितिमार्फत दुई कार्यक्रमबाट सडक स्तरोन्नति आयोजना सञ्चालन हुनेछ । विसं २०५४ मा बाटो खुलेको मोहनचोक मल्लाज सडक सामान्य मर्मतका भरमा सञ्चालन हँदै आएको थियो ।
सो आयोजनाबाट जलजला गाउँपालिका वडा नं १, २, ३, ४ र ५ नंमा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका साथै अन्नपूर्ण गाउँपालिका– ८ राम्चेका बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिका सचिव नवीन जिसीले बताए ।
यसैगरी जलजला– ४ को पाल्सिङदेखि खोलाखेत जोड्ने एक किमी १०० मि सडकको बाटो खोल्ने काम सकिएको छ । चार नं वडाकै फड्केढुंगा पिडाल्ना हुँदै लेकफाँट रात्माता जोड्ने सडकको अरजेटको भीरमा बाटो खन्ने काम भइरहेको छ । सो योजनाका लागि गाउँपालिकाले यस वर्ष रु ४५ लाख विनियोजन गरेको वडा सदस्य हरिबहादुर कार्कीले बताएका छन् ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले गाउँपालिकाले बजेट विनियोजन गरेका ३० मध्ये २९ योजनाको सम्झौता भइसकेको जानकारी दिनुभयो । आठ र ९ नं वडामै पुगेर योजना सम्झौता गरिएको जानकारी दिँदै उहाँले अन्य वडाका योजनासमेत कार्यान्वनको चरणमा रहेको बताए ।
असी प्रतिशत योजना सम्झौता भएको छ । चालु आवमा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि करीव रु १२ करोड ९५ लाख बजेट विनियोजन भएकामा नौ महिनाका अवधिमा पूँजीगततर्फको ३५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए ।
बेनी अस्पतालको उपचार कक्ष भवन
सदरमुकाममा रहेको बेनी अस्पतालमा करीव रु एक करोडको लागतमा २६ शय्या क्षमताको उपचार कक्ष भवन निर्माण भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पताल विकास समितिको रु ८७ लाखको लागतमा अन्तरंग विभागको भवन निर्माण भएको हो । पचास शय्या क्षमताको नयाँ भवन निर्माणका लागि अस्पतालको अन्तरंग विभागको पुरानो भवन भत्काइएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले करीव छ महिनादेखि जनस्वास्थ्य कार्यालयको भूइँतलाबाट सञ्चालन हुदै आएको अन्तरंग विभागलाई शुक्रबारदेखि नयाँ भवनमा स्थानान्तरण गरिएको बताए ।
मन्त्रालयको रु ७३ लाख र अस्पतालको रु १४ लाखकोे लगानीमा निर्माण भएको एक एकतले पक्की भवनमा २६ शय्या छन् । अन्तरंग, शल्यक्रिया, प्रसूति, गर्भपतन, सुत्केरी र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै कोठामा शय्याको व्यवस्था गरिएको अस्पतालका निमित्त प्रमुख डा विराट् शर्माले बताए ।
नयाँ भवन बनेपछि काम गर्न सजिलो र बिरामीलाई सहज रुपमा उपचार सेवा दिन सकिने डा शर्माले बताउनुभयो । बेनी अस्पतालमा गत मंसिरदेखि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत करीव रु १८ करोड ८४ लाखको लागतमा पचास शय्या क्षमताको भवन निर्माण शुरु भएको थियो ।
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...













