परिषद्को परीक्षामा सहभागी गराउन माग
काठमाडौँ, ६ चैत । चितवनस्थित ओसिस मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्ना विद्यार्थीलाई नेपाल नर्सिङ परिषद्को परीक्षामा सहभागी गराउन माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष मनोज चौधरीले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त संस्थाले शैक्षिक सत्र २०६९÷७० देखि बिएससी नर्सिङको पठनपाठन शुरु गरेर उत्पादन गरेका दुई विद्यार्थीलाई परिषद्को परीक्षामा सामेल नगराइएकामा चिन्ता व्यक्त गर्नुभयो ।
संस्थाले सम्पूर्ण मापदण्ड पूरा गरी विद्यार्थीको भर्ना, रजिष्ट्रेशन दर्ता, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरिरहेको उहाँले दाबी गर्नुभयो ।
विसं २०६६ मा स्थापना भएको उक्त संस्थाले प्रमाणपत्र तहको नर्सिङ, ब्याचलर अफ नर्सिङ र ब्याचलर अफ पब्लिक हेल्थसमेत सञ्चालन गरिरहेको उक्त संस्थाले अरू विषयमा समस्या नरहेको भए पनि हालै बिएससी नर्सिङको अध्ययन पूरा गरेका दुई जनालाई परिषद्को परीक्षामा सहभागी हुन नदिइएको जनाएको छ ।
सोही विषयमा चार वर्षदेखि अध्ययनरत् ६९ जना विद्यार्थीले अब केही महिनाभित्र अध्ययन पूरा गर्दैछन् । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













