सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान
ललितपुर, ८ चैत । अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् ।
आवास नहुँदा उनीहरुलाई एक÷दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ बताउछिन् ।
स्थानीयवासीले बाटोबाट हामीकहाँ ल्याएपछि गैरसरकारी संस्थामा पठाउन खोज्छौ तर गैरसरकारी संस्थाले कहिले आफ्नो क्षेत्रमा नपर्ने, कहिले खाली नभएको र कहिले कार्यालय समयमा मात्रै लिनसक्ने भन्दै बेवारिसे मान्छे लिन गाह्रो मान्ने गरेको जानकारी दिंदै उनी भन्छिन् , “गैरसरकारी संस्थाको प्रहरीसँग राम्रो सम्बन्ध हुँदा लिन मान्ने र नहुँदा गाह्रो हुन्छ ।”
जिल्लामा सरकारद्वारा सञ्चालित आवास गृह नहुँदा प्रहरीलाई अलपत्रमा परेका महिला तथा बालबालिकाको व्यवस्थापन कठिन भएको हो । मानसिक अस्पताल लगनखेलमा भएकाले पनि लगनखेल–जावलाखेल सडकखण्डमा मानसिक रोगी महिनामा तीन चारजनासम्म भेटिन्छन् । प्रमुख प्रहरी निरीक्षक श्रेष्ठ भन्छिन् । “स्थानीयवासीले प्रहरीलाई बुझाउँछन् तर हामीले कता पठाउने भन्ने समस्या छ ।” ब्यारेकमा राखौँ भनेपनि दिनभर काम गरेर फर्किएका महिला प्रहरीले राम्रोसँग आराम गर्न पाउँदैनन् ।
आवास गृह नहुँदा हिंसाबाट पीडित अरु महिलालाई समेत समस्या भएको प्रहरीले बताउँदै आएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












