शिक्षक संघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग
काठमाडौँ, ८ चैत । नेपाल शिक्षक संघले राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राखेको छ ।
यही चैत १ देखि ३ गतेसम्म काठमाडौँमा भएको आठौँ संघीय महाविधेशनबाट निर्वाचित भएका कार्यसमितिले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी शिक्षामा अपुग बजेट भएकाले २५ प्रतिशत बजेट विनियोजन गर्न माग गरेको नवनिर्वाचित अध्यक्ष राजेन्द्रराज पौडेलले जानकारी गराउनुभयो ।
महाधिवेशनले शैक्षिक सवालमा २३ र पेशागत सवालमा १९ माग प्रस्तुत गरेको छ । संघले शिक्षकको सहुलियत स्वास्थ्य उपचारका लागि शिक्षक अस्पताल निर्माण गर्नुपर्ने, शिक्षा ऐन–२०२८ को आठौँ संशोधनले ट्रेड युनियन अधिकार कुण्ठित गर्न खोजेकाले सो प्रावधान खारेज गर्नुपर्ने, असमान दरबन्दी वितरणलाई व्यवस्थित गरी शिक्षकको राष्ट्रिय दरबन्दी मिलान गर्नुपर्नेलगायतका माग गरेको छ ।
यसैगरी दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई दुर्गम भत्ता र पोशाक भत्ता निजामती कर्मचारीअनुसार दिनुपर्ने, संवैधानिक शिक्षक सेवा आयोग र उच्चस्तरीय शिक्षा आयोग गठन गर्नुपर्ने, विद्यालय शान्ति क्षेत्र घोषणालाई पूर्ण कार्यान्वयन गराउनुपर्ने, शिक्षा क्षेत्रमा गरिने राजनीतिक नियुक्ति शिक्षकबाट गरिनुपर्ने, माध्यामिक तहसम्म शिक्षा अनिवार्य र निःशुल्क गर्नका लागि राज्यले जिम्मा लिनुपर्ने लगायतका माग रहेका छन् ।
महाधिवेशनले राजेन्द्रराज पौडेलको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा एमपी भुसाल, महिला उपाध्यक्षमा पद्यीनी थापा, उपाध्यक्षहरुमा तिलकबहादुर कटुवाल, गंगाप्रसाद यादव, प्रेमप्रसाद भट्टराई, भरतप्रसाद लम्साल, अमरबहादुर खड्का, जनकबहादुर सिंह र लक्ष्मणदत्त भट्ट रहनुभएको छ ।
यसैगरी महासचिवमा सोमनाथ गिरी, महासचिव अर्थ पुष्पकला भट्टराई र उपमहासचिवमा सुन्दर पन्त निर्वाचित हुनुभएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












