शिक्षक संघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग
काठमाडौँ, ८ चैत । नेपाल शिक्षक संघले राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राखेको छ ।
यही चैत १ देखि ३ गतेसम्म काठमाडौँमा भएको आठौँ संघीय महाविधेशनबाट निर्वाचित भएका कार्यसमितिले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी शिक्षामा अपुग बजेट भएकाले २५ प्रतिशत बजेट विनियोजन गर्न माग गरेको नवनिर्वाचित अध्यक्ष राजेन्द्रराज पौडेलले जानकारी गराउनुभयो ।
महाधिवेशनले शैक्षिक सवालमा २३ र पेशागत सवालमा १९ माग प्रस्तुत गरेको छ । संघले शिक्षकको सहुलियत स्वास्थ्य उपचारका लागि शिक्षक अस्पताल निर्माण गर्नुपर्ने, शिक्षा ऐन–२०२८ को आठौँ संशोधनले ट्रेड युनियन अधिकार कुण्ठित गर्न खोजेकाले सो प्रावधान खारेज गर्नुपर्ने, असमान दरबन्दी वितरणलाई व्यवस्थित गरी शिक्षकको राष्ट्रिय दरबन्दी मिलान गर्नुपर्नेलगायतका माग गरेको छ ।
यसैगरी दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई दुर्गम भत्ता र पोशाक भत्ता निजामती कर्मचारीअनुसार दिनुपर्ने, संवैधानिक शिक्षक सेवा आयोग र उच्चस्तरीय शिक्षा आयोग गठन गर्नुपर्ने, विद्यालय शान्ति क्षेत्र घोषणालाई पूर्ण कार्यान्वयन गराउनुपर्ने, शिक्षा क्षेत्रमा गरिने राजनीतिक नियुक्ति शिक्षकबाट गरिनुपर्ने, माध्यामिक तहसम्म शिक्षा अनिवार्य र निःशुल्क गर्नका लागि राज्यले जिम्मा लिनुपर्ने लगायतका माग रहेका छन् ।
महाधिवेशनले राजेन्द्रराज पौडेलको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा एमपी भुसाल, महिला उपाध्यक्षमा पद्यीनी थापा, उपाध्यक्षहरुमा तिलकबहादुर कटुवाल, गंगाप्रसाद यादव, प्रेमप्रसाद भट्टराई, भरतप्रसाद लम्साल, अमरबहादुर खड्का, जनकबहादुर सिंह र लक्ष्मणदत्त भट्ट रहनुभएको छ ।
यसैगरी महासचिवमा सोमनाथ गिरी, महासचिव अर्थ पुष्पकला भट्टराई र उपमहासचिवमा सुन्दर पन्त निर्वाचित हुनुभएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












