चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीको दबाब
चितवन, ९ चैत । जिल्लाको कालिका नगरपालिका–९ कोलारमा रहेको चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीले दबाब दिएका छन् । खानेपानी, सिँचाइका स्रोत नष्ट हुने र ऐतिहासिक महत्व बोकेको उपरदाङगढी धरापमा पर्ने भन्दै उनीहरुले बन्द गर्न दबाब दिएका हुन् ।
कालिका नगरपालिका–९ का वडाध्यक्ष हिमबहादुर क्षेत्रीले चुनढुंगा खानीले समग्र क्षेत्रमा प्रभाव हुने भन्दै स्थानीयवासीले विरोध जनाएको बताउनुभयो । वडा भेलामा अधिकांशले खानी बन्द गर्न दबाब दिएका थिए । वडाध्यक्ष क्षेत्रीले स्थानीयवासीको भावना बुझेर सोको जानकारी नगरपालिकामा गराएको बताउनुभयो ।
वडा भेलाले खानी बन्द गर्ने निर्णय गरेको स्थानीय प्रकाश थापाले बताउनुभयो । नगरपालिकाद्वारा गठित खानी अनुगमन समितिका सदस्यसमेत रहनुभएका थापाले स्थानीयवासीको भावनाभन्दा बाहिर गएर नगरपालिका एवं अन्य निकायले निर्णय गर्न नहुने बताउनुभयो ।
खानीका कारण जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी जोखिममा पर्ने, खानेपानी मुहान सुक्ने, सिँचाइको कुलो बन्द हुने, पहिरोका कारण स्थानीयवासीको जनधनको क्षति हुन सक्ने चिन्ता स्थानीयवासीको भएको थापाले बताउनुभयो ।
नगरपालिकाका प्रमुख खुमनारायण (गोपी) श्रेष्ठले खानी सञ्चालनको इजाजत दिने अधिकार खानी विभागको भएकाले आफूहरुले रोक्न भने नीतिगत रुपमा नसक्ने बताउनुभयो । उहाँले स्थानीयवासीको भावनालाई बुझेर अन्य स्रोत सम्पत्तिको क्षति नहुने गरी खानी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
खानी सञ्चालन गरेको स्टारलाइन इण्डष्ट्रिज प्रालि काठमाडौँका प्रतिनिधि ईश्वरी मरासिनीले स्थानीयवासीलाई प्रभाव नपरोस् भन्नका लागि रु दुई करोड ५० लाख खर्च गरेर संरचनासमेत निर्माण गरिएको बताउनुभयो ।
पहिरोको जोखिम भएका ठाउँमा तारजाली लगाएर संरक्षण गरिएको उहाँले बताउनुभयो । स्थानीयवासीको अवरोधपछि दुई महिनादेखि खानी नियमित सञ्चालन हुन सकेको छैन ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













