मिथिलाञ्चलमा चैती छठ
बर्दिवास, ९ चैत । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ उत्सव मनाइँदैछ ।
चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठको तेस्रो दिन आज महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लाका जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिँदैछ ।
मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठका व्रतालु आज निराहार कठोर व्रत गरिरहेका छन् । गत बुधबार चैत शुक्ल चौथीका दिन पवित्र स्नान गरेर ‘नहाय खाय’ विधिबाट व्रतालुले यसपालिको चैती छठ पर्वको संकल्प गरेका थिए ।
व्रतालुले बिहीबार पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसेर राति सख्खरमा पकाइएको अलिनो खिर इष्टदेवतालाई चढाएर प्रसादस्वरुप खाएर ‘खरना’ विधि सम्पन्न गरेका छन् । यस पर्वमा षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार र फलपूmल देखाएर अघ्र्य दिइन्छ । यसलाई ‘सझुका अरख’ भन्ने गरिन्छ ।
आज निराहार व्रत बसेका व्रतालुले रातभरि जाग्राम बसेर भोलि सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई उनै (सझुका अरखकै) पूजा सामग्रीले अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
वर्षमा शारदीय र वासन्ती गरी दुई पटक छठ मनाइने परम्परा छ । एक दशकअघिसम्म चैती छठको त्यति प्रचलन नभए पनि केही वर्षयता यो पर्व मनाउने परम्परा बढेको छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय र चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई चैती छठ भन्ने गरिएको छ ।
दुवै व्रतका व्रत विधि र पर्व सामग्री भने समान छन् । सूर्यको उपासना गरिने यो पर्व मिथिला लोकसंस्कृतिको प्रतीक मानिन्छ । यस व्रतको प्रभावले सुख, सन्तोष प्राप्त हुने र मनवाञ्छित फल पाइने जनविश्वास रहँदै आएको छ ।
महोतरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत शहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाऊ, नदी तथा नहरको किनारमा चैती छठ पर्व मनाइँदै छ ।
सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङक्षा पुराहोस भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा भक्तजनको भीड लाग्छ ।
षष्ठीका दिन आज साँझ गहुँ र चामलको पिठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा, कोनिया, सरवा, ढाकन, ठूलो ढाक्कीमा राखेर परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्तिगीत एवं लोकगीत गाउँदै जलाशय नजिक बनाइएको छठ घाटसम्म पुग्ने गर्छन् । अस्ताउँदो सूर्यको आराधना गर्दै अघ्र्य दिँदै चैती छठ मनाइन्छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












