आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छ : राज्यमन्त्री बाँस्कोटा
काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो चाँडो कानून बनाउने बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित सामुदायिक रेडियोको नीति एवं स्थानीय तहसँगको साझेदारी’ विषयक अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले कानूनी कार्यान्वयनसँगै सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा भएका विभिन्न परिवर्तनका आन्दोलन र विपत्का समयमा पु¥याएको योगदानको कदर गर्नुभयो ।
मन्त्री बाँस्कोटाले सामुदायिक रेडियोले दूुुरदराजका जनतालाई सुसूचित गराएको भन्दै सामुदायिक रेडियोको विकासका लागि आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने सरकारको योजना रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।
राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले २०७२ सालको भूकम्पको समयमा सामुदायिक रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
पूर्वमन्त्री गंगाधर तुलाधर र प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनारले आम सञ्चारमाध्यमलाई नियन्त्रणभन्दा पनि नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।
अकोराब) नेपालका अध्यक्ष सुवास खतिवडाले सरकारले जतिसक्दो चाँडो रेडियोको नवीकरण पत्र दिनुपर्ने माग गर्नुभयो ।
देशभर सञ्चालनमा रहेका ३१५ सामुदायिक रेडियोको छाता संगठनका रुपमा (अकोराब) नेपालले भूमिका निर्वाह गर्दै आएको छ । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












