अब पशुपति क्षेत्रबाट मगन्ते हटाइने : सेनाबाट भागेका भगौंडासमेत पशुपति क्षेत्रमा मागेर बसेको पाइयो
काठमाडौँ, ९ चैत . विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा माग्न बस्नेका कारण अनेक विकृति भित्रन थालेपछि धार्मिक क्षेत्रलाई मगन्तेरहित बनाउने अभियान शुरु भएको छ ।
पशुपति क्षेत्रमा बस्ने माग्नेका सम्बन्धमा ‘क्वीक भोलेन्टियर्स’ संस्थाको सहयोगमा अनुसन्धान गरी धार्मिक क्षेत्रबाट माग्नेलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
अनुसन्धानका क्रममा पशुपति क्षेत्रमा १५२ माग्नेको अभिलेखीकरण भएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।
“माग्नेको शोधखोज गर्ने क्रममा नेपाली सेनाबाट भागेका भगौंडासमेत पशुपति क्षेत्रमा मागेर बसेको पाइयो’’ उहाँले भन्नुभयो । ओखलढुंगाका नहकुल बस्नेत सेनाबाट भागेर पशुपति क्षेत्रमा आइ मागेर बसेको भेटिएको थियो । राति गरिएको अनुगमनमा केही भद्र मानिससमेत अश्लील क्रियाकलापमा संलग्न हुनआएको रंगेहात फेला परको उहाँले बताउनुभयो ।
सेनाका भगौडा बस्नेतलाई कालीप्रसाद गणको जिम्मा लगाए पनि फेरि फर्केर उनी पशुपतिमै माग्न आइपुगेका छन् । कतिपय मानिसले माग्ने कामलाई पेशा बनाएको अध्ययनमा भेटिएको कोषले जनाएको छ ।
दिनभर पशुपति परिषरका विभिन्न स्थानमा माग्ने र राति यहाँका सत्तल, देवालय, पाटीपौवामा सुत्ने गर्दा पशुपति क्षेत्र खुला बस्ती जस्तै बनेको थियो । यसरी नियमित मागेर गुजारा गर्नेका लागि कोषले पुनःस्थापना अभियान नै शुरु गरेको छ ।
अभियानअन्तर्गत हाल ७२ जनालाई रोजगारीमा लगाइएको छ । कोषको अनुरोधमा केही मानिस पशुपति क्षेत्रमै निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालामा काम गर्न थालेका छन् ।
कतिलाई निजी संस्थामा काममा लगाइएको छ । एक दिन रातिको अनुगमनका क्रममा भष्मेश्वर घाटमा पाँच वर्षकी बालिकासहित २२ वर्षीय महिलालाई उद्धार गरी रक्षा नेपालको जिम्मा लगाइएको छ । कति बालबालिकालाई केन्द्रीय बाल कल्याण समितिको जिम्मामा पठाइएको सदस्यसचिव डा ढकालले सुनाउनुभयो ।
पशुपति क्षेत्रमा माग्न बस्नेका लागि पुस माघको जाडोले असर ग¥यो भनी एक बैंकको प्रायोजनमा ज्याकेट वितरण गरियो । दाताले वितरण गरेको ज्याकेट यहाँका माग्नेले एक हप्ता पनि लगाएनन् । एक हप्तापछि सबै ज्याकेट पशुपति क्षेत्रका कपडा पसलमा बेचेको फेला पारिएको कोषको सुरक्षा अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका गौरीशंकर पराजुलीले जानकारी दिनुभयो ।
मागेर जीवन निर्वाह गर्नेमा केही मानसिक रुपमा विक्षिप्त भएका मानिससमेत छन् । मानसिक रुपमा विक्षिप्त महिलालाई पुरुषले दुव्र्यवहार गर्ने गरेको समेत अनुसन्धानका क्रममा भेटिएको अनुसन्धाता बुद्धि कट्टेलले सुनाउनुभयो ।
बाँकी रहेका ८० माग्नेमध्ये आठजना बालबालिका र १० जना वृद्धवृद्धालाई कुमारीगालस्थित मातृभूमि सेवा आश्रममा राख्ने तयारी भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमै रहेको महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको वृद्धाश्रममा राख्न लामो प्रक्रिया पार गर्नुपर्ने भएपछि अन्यत्र राखिएको हो ।
माग्नेमध्ये कति अपांग छन् । जसलाई समाजमा पुनःस्थापना गर्न गाह्रो छ । कति क्षयरोग र क्यान्सरका बिरामी छन् । बिरामीलाई उपचारका लागि वीर अस्पताल पठाउँदा सहयोग नपाएको कोषले जनाएको छ ।
आठजना मानसिक रुपमा विक्षिप्त मानिस फेला परेको अनुसन्धाता कट्टेलले सुनाउनुभयो । यी सबैलाई समाजमा पुनःस्थापनाका लागि उदारमनाको खोजी जारी छ ।
विश्वका हिन्दूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मगन्तरहित बनाउने क्रममा गणना गरिएकालाई रोजगारीमा जाने, घरमा पुनःस्थापित हुने, पुनःस्थापना केन्द्रमा बस्नेलगायत विकल्पमध्ये रोजेको ठाउँमा लैजान सहयोग गर्ने प्रतिबद्धता कोषले जनाएको थियो । माग्नेले भने कुनै पनि विकल्प रुचाएनन् । पशुपति क्षेत्रमै मागेर बस्न पाउनुपर्ने उनीहरुको भनाइ थियो ।
“हामीलाई पशुपति क्षेत्रमा बसेर माग्नबाट रोक्ने तँ को होस् ? भनी उल्टै हामीलाई नै थर्काए, नमाने सुरक्षाकर्मी लगाएर गाडीमा हालेर अन्तै लगेर राखिदिने भनेपछि मात्र आधा माग्ने पुनःस्थापना हुन राजी भए”–७२ जनालाई पुनःस्थापना गर्न सफल भएको घटना सुनाउँदै सदस्यसचिव डा ढकालले भन्नुभयो ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक स्थलबाट माग्ने हटाएर सामाजिक जीवनमा पुनःस्थापना गर्ने अभियान शुरु भएपछि समाजमा पहिचान बनाएका भद्र भलादमीलेसमेत माग्नेमा सवार भएर भगवान् नै पशुपति क्षेत्रमा आउने भन्दै विरोध जनाए ।
पेशेवर रुपमा माग्ने काम गर्दै आएकालाई मन्दिर परिसरबाट सामाजिक जीवनमा पुनःस्थापना गर्नु चुनौती बनेको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा कोषले पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेधित क्षेत्र घोषणा गरी सेवन, बेचबिखन गर्नेलाई समातेर सार्वजनिक मुद्दा लगाएको छ ।
पशुपति क्षेत्रलाई योग, ध्यान र साधना स्थलका रुपमा विकसित गर्ने अभियानअन्तर्गत लागुपदार्थ र मगन्तरहित क्षेत्र बनाउन लागिएको हो । कोषले पहिलो चरणमा सूर्यघाट क्षेत्रबाट योग, ध्यानलगायत साधनाका कार्यक्रम शुरु गर्ने तयारी गरिएको जनाएको छ । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












