‘सरकारले निःशुल्क तथ्याङ्क उपलब्ध गराउनुपर्छ’
काठमाडौँ, ९ चैत । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा कृष्णहरि बाँस्कोटाले राज्यले सरकारी तथ्याङ्क निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।
फ्रिडम फोरम र एसियन फाउण्डेसनको संयुक्त आयोजनामा आज यहाँ भएको ‘सूचनाको हक र खुला तथ्याङ्कको प्रयोग’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले खुला सरकारी तथ्याङ्क सम्बन्धी नीतिको मस्यौदा प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको समेत जानकारी दिनुभयो ।
प्रमुख आयुक्त बाँस्कोटाले नेपालमा इन्टरनेट सेवाको पहुँच प्रर्याप्त ठाउँमा नहुँदा आम नागरिकले चाहेअनुरुप तथ्याङ्क पाउन नसकेको भन्दै त्यसका लागि सरकारले टेलिकमसँग सहकार्य गरेर सूचनाको हकका साथै निःशुल्क तथ्याङ्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले राज्यको एउटा निकायले संकलन गरेको तथ्याङ्कलाई नै आधिकारिक मानेर सबैले उक्त सूचनाको प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
विभागले ५९ प्रकारका तथ्याङ्क संकलन गरेको जानकारी दिँदै महानिर्देशक अर्यालले प्रत्येक प्रदेशको कुल ग्रार्हस्थ कति छ, भन्ने कुनै तथ्याङ्क नभएको बताउनुभयो ।
एसिया फाउण्डेसनकी तीरजा थेनिसेनले नागरिक समाज र निजी क्षेत्रले पनि सरकारी तथ्याङ्क खुुला राख्नुपर्ने विषयमा दबाब दिनुपर्ने सुझाव दिनुभयो ।
एकदिने उक्त कार्यशाला गोष्ठीमा देशभरीका करिब एक सय प्रतिनिधि सहभागी छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













