सञ्चारका साधनका कारण कम उमेरमा विवाह
ललितपुर, १२ चैत । सञ्चारका साधनका कारण कम उमेरमा विवाह गर्ने क्रम बढेको छ ।
सामाजिक सञ्जाल वा फोनबाट चिनजान भएकै भरमा किशोर–किशोरीले विवाह गर्ने घटना प्रहरीसम्म धेरै आइरहेको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ । महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले सोझै विवाह गरेका भन्दा पनि अभिभावकले छोरा वा छोरी हराएको भन्दै उजुरी गर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हराएका भनेर फेला परेकामध्ये अधिकांश घटना परिवारलाई जानकारी नदिइ विवाह गरेको हुने गरेको छ ।” पहिले परिवारले बाल विवाह गराउने गरेकामा अहिले त्यो घट्दै छ । आफूखुशी विवाह गर्ने क्रम भने बढेको छ ।
प्रहरीसम्म आउने धेरै घटनामा छोटो समयमा र प्रत्यक्ष रुपमा नदेखेर च्याट वा फोनमा कुरा गरेकै भरमा किशोर–किशोरीले विवाहसम्म गर्ने गरेको प्रहरी जानकारी दिंदै निरीक्षक श्रेष्ठले भन्नुभयो, “एकातिर आमाबाबु चिन्ताले खोजिरहन्छन् भने अर्कातिर सन्तानले भागेर विवाह गरिसक्छन् ।” साउनदेखियता मात्रै २७ बालक र ६८ बालिका हराएको भन्दै उजुरी परेको थियो । तीमध्ये १५ बालक र २२ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












