सञ्चारका साधनका कारण कम उमेरमा विवाह
ललितपुर, १२ चैत । सञ्चारका साधनका कारण कम उमेरमा विवाह गर्ने क्रम बढेको छ ।
सामाजिक सञ्जाल वा फोनबाट चिनजान भएकै भरमा किशोर–किशोरीले विवाह गर्ने घटना प्रहरीसम्म धेरै आइरहेको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ । महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले सोझै विवाह गरेका भन्दा पनि अभिभावकले छोरा वा छोरी हराएको भन्दै उजुरी गर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हराएका भनेर फेला परेकामध्ये अधिकांश घटना परिवारलाई जानकारी नदिइ विवाह गरेको हुने गरेको छ ।” पहिले परिवारले बाल विवाह गराउने गरेकामा अहिले त्यो घट्दै छ । आफूखुशी विवाह गर्ने क्रम भने बढेको छ ।
प्रहरीसम्म आउने धेरै घटनामा छोटो समयमा र प्रत्यक्ष रुपमा नदेखेर च्याट वा फोनमा कुरा गरेकै भरमा किशोर–किशोरीले विवाहसम्म गर्ने गरेको प्रहरी जानकारी दिंदै निरीक्षक श्रेष्ठले भन्नुभयो, “एकातिर आमाबाबु चिन्ताले खोजिरहन्छन् भने अर्कातिर सन्तानले भागेर विवाह गरिसक्छन् ।” साउनदेखियता मात्रै २७ बालक र ६८ बालिका हराएको भन्दै उजुरी परेको थियो । तीमध्ये १५ बालक र २२ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












