६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालन

ललितपुर १२ चैत । ललितपुर महानगरपालिका क्षेत्रमा झण्डै ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालनमा छन् ।
कुनै पनि उद्योग सञ्चालन गर्दा दर्ता गरेर मात्रै शुरु गर्नुपर्ने व्यवस्था भएपनि पुस्तौँदेखि सञ्चालित पसल दर्ता नभएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख मोगलप्रसाद साहले बताए । दर्ता भएका पसलमध्ये पनि धेरैजसो नविकरण भएका छैनन् ।
दर्ता भएर व्यवसाय शुरु गर्दा पाइने सुविधाका बारेमा कतिपय व्यवसायीलाई जानकारी छैन । उनी भन्छन् , ‘कतिपय व्यवसायीलाई जानकारी नै छैन, जानकारी भएकाहरुले वेवास्ता गरिरहेका छन् ।’ व्यवसायीले दर्ता र नविकरण गर्न झन्झट मान्ने गरेका छन् ।
नगरका भित्रि भाग र महानगरपालिकामा अहिले गाभिएका साविक गाविस दुवैतिर दर्ता नभई सञ्चालन भएका मासु पसल धेरै रहेको प्रमुख साह बताउँछन् ।
पुस्तौँदेखि मासु बेच्दै आएका कतिपय व्यवसायी मासु पसल दर्ता गर्न आवश्यक ठान्दैनन् । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि सुधार हुने उनको भनाइ छ । स्थानीय निकायले पूर्णरुपमा काम गर्न थाल्दा पसलको दर्ता बढ्न सक्छ ।
उनी भन्छन्, ‘वडा कार्यालयमा सेवा शुरु भएमा दर्ता प्रक्रियामा आउन सक्छन् ।’ उपमहानगरपालिका हुँदासम्म यहाँ झण्डै ३०० मासु पसल दर्ता थिए । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











